ट्याक्टर व्यवसायीद्धारा मेयर साम्पाङलाई चेतावनि

  • फागुन २९, २०८०
  • १४० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२९ फागुनः ट्याक्टर व्यवसायी संघ धरानले आफ्ना माग पुरा नभए भोलीबाट कडा आन्दोलन गर्ने चेतावनि दिएको छ ।

संघले मंगलवारबार पत्रकार सम्मेलन गरी धरान नगरपालिकामा वुझाएको माग तत्काल सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनि दिएको हो ।

मेसिन प्रयोग नगरी हातले सामान्य ढंगबाट खोलाको गिटी बालुवा निकाल्न पाउनु पर्ने लगायतका माग ट्याक्टर व्यवसायी संघले राखेको छ ।

खोला गैरकानुनी ढंगले खोला उत्खनन् गरेको भन्दै धरान उपमहानगरपालिकाले ४ वटा ट्याक्टर र १ वटा ट्रिपर नगरपालिकाले नियन्त्रणमा लिएर राखेको छ ।

धरानमा करिव ५५ को हाराहारीमा ट्याक्टर व्यवसायी संचालनमा रहेकाछन् ।

पत्रकार सम्मेलनमा वोल्दै संघका धरान नगर अध्यक्ष विक्रम तामाङले भोलीसम्ममा आफ्ना माग पुरा नभए धरान भरीका सवै ट्याक्टर धरान नगरपालिकामा राखेर आन्दोनलनमा उत्रिने चेतावनि समेत दिएकाछन् ।

उनले आफूहरु करको दायरामा आउन चाहादा पनि स्थानीय सरकारले वेवास्ता गरेको आरोप समेत लगाए । एउटा ट्याक्टर संचालकले ४ जनाको परिवारको गुजार चलाएको हुँदा रोजगार दिने क्षेत्रलाई समेत उपेक्षा गरेको उनको भनाई थियो ।

तत्काल आफ्ना मागहरु कार्यान्वयन गर्न आग्रह गर्दै आन्दोलन गर्नुपर्ने वाध्य पारीए त्यसको क्षति स्थानीय सरकारले व्यहोर्नु पर्ने चेतावनि समेत दिएकाछन् ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic