ट्याक्टर व्यवसायीद्धारा मेयर साम्पाङलाई चेतावनि

  • फागुन २९, २०८०
  • १९४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२९ फागुनः ट्याक्टर व्यवसायी संघ धरानले आफ्ना माग पुरा नभए भोलीबाट कडा आन्दोलन गर्ने चेतावनि दिएको छ ।

संघले मंगलवारबार पत्रकार सम्मेलन गरी धरान नगरपालिकामा वुझाएको माग तत्काल सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनि दिएको हो ।

मेसिन प्रयोग नगरी हातले सामान्य ढंगबाट खोलाको गिटी बालुवा निकाल्न पाउनु पर्ने लगायतका माग ट्याक्टर व्यवसायी संघले राखेको छ ।

खोला गैरकानुनी ढंगले खोला उत्खनन् गरेको भन्दै धरान उपमहानगरपालिकाले ४ वटा ट्याक्टर र १ वटा ट्रिपर नगरपालिकाले नियन्त्रणमा लिएर राखेको छ ।

धरानमा करिव ५५ को हाराहारीमा ट्याक्टर व्यवसायी संचालनमा रहेकाछन् ।

पत्रकार सम्मेलनमा वोल्दै संघका धरान नगर अध्यक्ष विक्रम तामाङले भोलीसम्ममा आफ्ना माग पुरा नभए धरान भरीका सवै ट्याक्टर धरान नगरपालिकामा राखेर आन्दोनलनमा उत्रिने चेतावनि समेत दिएकाछन् ।

उनले आफूहरु करको दायरामा आउन चाहादा पनि स्थानीय सरकारले वेवास्ता गरेको आरोप समेत लगाए । एउटा ट्याक्टर संचालकले ४ जनाको परिवारको गुजार चलाएको हुँदा रोजगार दिने क्षेत्रलाई समेत उपेक्षा गरेको उनको भनाई थियो ।

तत्काल आफ्ना मागहरु कार्यान्वयन गर्न आग्रह गर्दै आन्दोलन गर्नुपर्ने वाध्य पारीए त्यसको क्षति स्थानीय सरकारले व्यहोर्नु पर्ने चेतावनि समेत दिएकाछन् ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic