प्रशान्त तामाङ र जुही राईले हात पारे दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि

  • चैत ३, २०८०
  • ८,१७० पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,३ चैतः गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजनामा धरानमा भएको दोश्रो गोर्खा ट्रेल ब्लेजर ८ दशमलव ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ धरानका प्रशान्त तामाङ र महिला तर्फ भोजपुरकी जुही राईले हात पारेकाछन् ।

तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता जुही राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकाछन उनी फागुन १२ गते सम्पन्न १२ औँ धरान १०के रनमा उपविजेता बनेका थिए ।run news photo = 2

त्यसैगरी महिला विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी थिइन । उनी पनि १०के रनमा १६ वर्ष मुनिका विजेता धाविका थिइन् । उनी भोजपुरबाट प्रतियोगितामा भाग लिन धरान आएकी हुन ।

प्रतियोगितामा पुरुषतर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो भएका थिए ।

महिला तर्फ इन्द्रकला नेम्वाङ (निक्की दोस्रो) र सिर्जना राई तेस्रो भइन् । दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार र ५ हजार नगद सहित मेडल प्रमाण–पत्र हात पारेका थिए ।

चोथौ, पाचौ, छैठौ र सातौँ हुने पुरुष र महिला खेलाडीहरूलाई धरान सस्तो मःम पसलका प्रोप्राइटर निर राईले जनही एक एक हजार रुपैयाँ प्रदान गरे ।
चौथो, पाचौ, छैठौ र सातौँ स्थानमा पुरुष तर्फ समिर कन्दङवा, विशाल राई, रोदन राई, एन्जल राई र महिला तर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनीता राई रहिन् ।
समापनका सभापति महेन्द्रकुमार राई, प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी सह–महासचिव पिताम्बर तिम्सिना, वडा २० का अध्यक्ष पदम लिम्बु, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, धरान–१८ वडा सदस्य दिलकुमारी राईले पुरस्कार प्रदान गरे ।
जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिता धरान(१८ स्थित रत्न चौक वाट सुरु भएको थियो । चौकवाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो ।

रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लाबाट ६ सय बढीको सहभागी थिए ।

उक्त अवसरमा प्रदेश सभा सदस्य विजय राई, मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, ओलम्पिक कमिटी सह महासचिव पीताम्बर तिम्सिना, नेपाली काङ्ग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यालय प्रमुख नवराज मल्ललाई फेटा गुथेर सम्मान गरिएको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic