पुन प्रयोग गर्ने मिल्ने कपडाको प्याडको ४ दिने तालिम सम्पन्न

  • चैत १०, २०८०
  • ४,०१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० चैतः पुन प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने ४ दिने तालिम शुक्रबार धरानमा सम्पन्न भएको छ ।

बियोण्ड बेईजिङ्ग कमिटीको आर्थिक सहयोग र एक्सपोज नेपालको समन्वय तथा नारी स्वतन्त्र मञ्च सुनसरीको आयोजनामा सो तालिम सम्पन्न भएको हो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रतिनिधी सभा सभासद सुशिला श्रेष्ठले महिनावारी लजाउनु पर्ने र घिनाउनु पर्ने विषय नभई प्राकृतिक उपहारको शक्ति भएको वताउनु भयो ।

उहाँले केही कसैले छोरी चेलीलाई महिनावारी हुँदा हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो है भनेर महिनावारी स्वच्छताको विषयमा सचेतनाका फैलाउदै महिला दिदिबहिनीहरुलाई व्यवसायीक बनाउन तालिम सञ्चालन गरिएको बताउनु भयो ।

चिनमा भएको एक सम्मेलनमा बियोण्ड बेईजिङ्ग संस्थाले महिला प्रजनन शिक्षा जगाउदै गर्भपतन गर्ने पहिलो अधिकार महिलामा हुनुपर्ने माग राखेपछि हाल नेपालमा समेत सफलता हासिल गरि कार्यान्वयनमा आएको र हाल यस संस्थाले महिला र बालिकाको स्वास्थ्य बचाऔ भन्ने उदेश्यले महिलाहरुलाई व्यवसायिक बनाउन तालीम दिएको बताउनु भयो ।

‘बजारमा पाइने सेनिटरी प्याड ९० प्रतिशत प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ र केमिकलको प्रयोग गरिएको हुने भएकोले वातावरण फोहोर गर्ने, सेनिटरी प्याडले एलर्जी हुने समस्याहरु आउने समस्याहरु आउने गरेको वताउनु भयो ।

‘पुन प्रयोग गर्न मिल्ने कपडाको प्याडले महिलाको स्वास्थ्यलाई पनि सुरक्षित राख्नुका साथै वातावरण पनि स्वच्छ हुने भएकाले कटनको कपडा प्रयोग गर्न उचित सल्लाह दिनु भएको थियो ।

पुन प्रयोग हुने कपडाको प्याड स्वास्थ्यका लागि स्वास्थ्यकर, पैसाको बचत र किफायती साथै सुरक्षित हुने सभासद श्रेष्ठले बताउनु भयो ।
सहिद स्मृति माविको सभाहलमा भएको तालिममा ४० जना महिलाहरु सहभागी भएका थिए ।

उक्त तालिमको सहजीकरण सृजना महर्जनले गर्नुभएको थियो । विभिन्न डिजाइनका कपडाको प्याड महिला आफैले तयार गरि त्यसलाई धोएर पुन प्रयोग गर्न मिल्ने र लगाउदा सहज हुने प्रकारको कपडाको प्याड बनाउदै व्यवसायीकरुपमा आर्यआर्जन गर्दा आर्थिक उपार्जन हुने भएकाले तालिम दिइएको बताउनु भयो ।

सहजकर्ता महजर्नका अनुसार काठमाडौ र ललितपुरको हरेक क्लिनिकमा सो प्याड विक्रि हुने गरेको धरान शहरमा पनि प्याड सहजरुपमा उपलब्ध गराउन समेत आग्रह गर्नु भएको थियो ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic