कांग्रेस र मारवाडी समुदायको भव्य होली सम्पन्न

  • चैत १३, २०८०
  • ३२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १३ चैत्रःनेपाली कांग्रेस र मारवाडी युवाहरुले हर्षोल्लासका साथ होली पर्व मनाएकाछन् ।नेपाली कांग्रेस र मारवाडी समुदायले छुट्टा छुट्टै होली मनाएकाछन् ।

नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी समुदायका दर्जन बढी संघसंस्थाहरु भेला भई होली मनाएका थिए ।

मारवाडी समुदायको तर्फवाट शुभकामना मन्तव्य राख्दै मारवाडी सेवा समितिका अध्यक्ष पित्रुमल अग्रवालले नेपाली कांग्रेस पार्टीले पहिलोपल्ट हाम्रो सिङ्गो समुदायलाई महान होली पर्वमा निमन्त्रणा गरेर समुदायको सम्मान गरेको बताउंदै खुशी व्यक्त गरे ।

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, धरानका नगर उपप्रमुख आईन्द्रविक्रम वेघा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकत्रृmषि राई र राजनीतिक दलहरुका तर्फवाट जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्वुले शुभकामना मन्तव्य राखेका थिए भने होली पर्वसंग सम्बन्धित विभिन्न गीतहरुमा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

सांस्कृतिक विविधतायुक्त देश भएकाले सबै जातजाति, भाषाभाषी, धर्मावलम्वी र संस्कृतिका समुदायले मान्ने हरेक चाडपर्वहरुलाई नेपाली कांग्रेसले सम्मानका साथ मान्दै आएकाले नेपालीहरुको साझा चाडको रुपमा विकास हुंदै आएका छ ।

कार्यक्रममा कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, पूर्व नगर प्रमुख तिलक राई, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, वडा अध्यक्षद्धय नरेन्द्रकुमार राई(प्रविन)लगायतको उपस्थिति रहेको थियो ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic