अल्फाविटा राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता आयोजना

  • वैशाख ४, २०८१
  • १,८१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाखः दोस्रो अल्फा विटा राष्ट्रिय खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिता बैशाख अन्तिम सातादेखी हुने भएको छ ।

आयोजक धरान बास्केटबल संघको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा अल्फा विटा धरान र धरान उपमहानगरपालिकाको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ ।

आयोजकले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतियोगिता बैशाख २९ देखी जेष्ठ ३ गतेसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिमको सहभागिता रहने प्रतियिगिताको संयोजक बिकास चाम्लिङले जानकारी दिएकाछन् ।

धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा हुने सो प्रतियोगितामा धरान, झापा, मोरङ, ईलाम, उदयपुर, धनकुटा लगायतका जिल्लाहरुबाट सहभागि हुने आयोजक धरान बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले बताए ।

आयोजकले दिएको जानकारी अनसार पुरुषतर्फको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै महिलातर्फको बिजेताले नगद २० हजार र उपबिजेताले नगद १० हजार हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन ।

प्रतियोगिताको उत्कृष्ठ पुरुष खेलाडीले नगद १० हजार र महिलातर्फ ५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन ।

प्रतियोगिताको उदियमान पुरुष खेलाडीले नगद ५ हजार र महिला खेलाडीले नगद २ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।

प्रतियोगितालाई थप आकर्षण थप्न समापनको दिन बास्केटबल पूर्वखेलाडी तथा राष्ट्रिय कलाकार प्रकाश पौडेलको प्रायोजनमा थ्री पोइन्ट कम्पिटिसन पनि हुने आयोजकले जनाएको छ ।

थ्री पोइन्ट कम्पिटिसन बिजेता महिला तथा पुरुष खेलाडीले नगदपाच पाच हजार सहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

पछिल्लो समय बास्केट बल खेलको प्रतियोगिताहरु धेरैजसे समय हुने गरेको छ । बास्केट बल खेलको लागि धरान केन्द्र नै मानिदै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic