अल्फाविटा राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता आयोजना

  • वैशाख ४, २०८१
  • १,७४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाखः दोस्रो अल्फा विटा राष्ट्रिय खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिता बैशाख अन्तिम सातादेखी हुने भएको छ ।

आयोजक धरान बास्केटबल संघको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा अल्फा विटा धरान र धरान उपमहानगरपालिकाको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ ।

आयोजकले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतियोगिता बैशाख २९ देखी जेष्ठ ३ गतेसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिमको सहभागिता रहने प्रतियिगिताको संयोजक बिकास चाम्लिङले जानकारी दिएकाछन् ।

धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा हुने सो प्रतियोगितामा धरान, झापा, मोरङ, ईलाम, उदयपुर, धनकुटा लगायतका जिल्लाहरुबाट सहभागि हुने आयोजक धरान बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले बताए ।

आयोजकले दिएको जानकारी अनसार पुरुषतर्फको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै महिलातर्फको बिजेताले नगद २० हजार र उपबिजेताले नगद १० हजार हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन ।

प्रतियोगिताको उत्कृष्ठ पुरुष खेलाडीले नगद १० हजार र महिलातर्फ ५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन ।

प्रतियोगिताको उदियमान पुरुष खेलाडीले नगद ५ हजार र महिला खेलाडीले नगद २ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।

प्रतियोगितालाई थप आकर्षण थप्न समापनको दिन बास्केटबल पूर्वखेलाडी तथा राष्ट्रिय कलाकार प्रकाश पौडेलको प्रायोजनमा थ्री पोइन्ट कम्पिटिसन पनि हुने आयोजकले जनाएको छ ।

थ्री पोइन्ट कम्पिटिसन बिजेता महिला तथा पुरुष खेलाडीले नगदपाच पाच हजार सहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

पछिल्लो समय बास्केट बल खेलको प्रतियोगिताहरु धेरैजसे समय हुने गरेको छ । बास्केट बल खेलको लागि धरान केन्द्र नै मानिदै आएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic