सञ्चारकर्मीलाई मिडिया एवार्ड

  • वैशाख १३, २०८१
  • २,९२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ वैशाखःधरान खेलकुद मञ्चले संचारकर्मीका लागि धरानमा पहिलो पटक खेलकुद मञ्च मिडिया अवार्ड प्रदान गर्ने भएको छ ।

धरानको समग्र खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुराउँदै आएको सञ्चारकर्मीलाई पहिलो पटक ‘धरान खेलकुद मञ्च मिडिया एवार्ड २०८०’ प्रदान गर्ने भएको हो ।

मञ्चका अध्यक्ष किशोर राईले र वैशाख १५ गते साकेला पार्कमा आयोजना हुने मञ्चको नयाँ वर्ष २०८१ शुभकामना आदान प्रदान कार्यक्रम मार्फत एकजना सञ्चारकर्मीलाई १० हजार रुपैयाँ सहितको एवार्ड प्रदान गरिने जानकारी दिएकाछन ।

अध्यक्ष राईले दिएको जानकारी अनुसार यस वर्षबाट शुरुवात गरीएता पनि यसलाई आगामी दिनमा प्रेत्यक वर्ष प्रदान प्रदान गरीनेछ ।

‘धरानमा मनाइँदै आएको ओलम्पिक डे यसपालि भव्य रूपमा मनाउने कार्यक्रम पनि तय गरिने अध्यक्ष राईको भनाई रहेको छ ।

धरान धेरै खेलकुद क्षेत्रको लागि प्रमुख शहर भएपनि एकाध विषय वाहेक मिडियामा ओझल पर्दै आएकोले राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरू भएका खेलकुद प्रति मिडियाको ध्यानाकर्षण गराउन मञ्चले यसपालि देखी मिडिया एवार्ड प्रदान गर्न सुरु गरेको वताए ।

एवार्डका लागि सूचना जारी गरी सञ्चारकर्मी छनौट गर्न वरिष्ठ पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति मञ्चको बैठकले गठन गरिएको उनले जानकारी दिए । समितिमा पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ र मञ्चबाट वसन्त राई सदस्य रहेका छन् ।

समितिले सार्वजनिक सूचना जारी गरी शुक्रवार ४ बजेसम्म आएका जानकारीका आधारमा उपयुक्त सञ्चारकर्मी चयन गर्ने उनले बताए ।

धरान खेलकुद मञ्च धरानमा भएका विभिन्न विधाका खेलकुदजन्य क्षेत्रको छाता संस्थाको रुपमा रहेको छ ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic