सञ्चारकर्मीलाई मिडिया एवार्ड

  • वैशाख १३, २०८१
  • २,९८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ वैशाखःधरान खेलकुद मञ्चले संचारकर्मीका लागि धरानमा पहिलो पटक खेलकुद मञ्च मिडिया अवार्ड प्रदान गर्ने भएको छ ।

धरानको समग्र खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुराउँदै आएको सञ्चारकर्मीलाई पहिलो पटक ‘धरान खेलकुद मञ्च मिडिया एवार्ड २०८०’ प्रदान गर्ने भएको हो ।

मञ्चका अध्यक्ष किशोर राईले र वैशाख १५ गते साकेला पार्कमा आयोजना हुने मञ्चको नयाँ वर्ष २०८१ शुभकामना आदान प्रदान कार्यक्रम मार्फत एकजना सञ्चारकर्मीलाई १० हजार रुपैयाँ सहितको एवार्ड प्रदान गरिने जानकारी दिएकाछन ।

अध्यक्ष राईले दिएको जानकारी अनुसार यस वर्षबाट शुरुवात गरीएता पनि यसलाई आगामी दिनमा प्रेत्यक वर्ष प्रदान प्रदान गरीनेछ ।

‘धरानमा मनाइँदै आएको ओलम्पिक डे यसपालि भव्य रूपमा मनाउने कार्यक्रम पनि तय गरिने अध्यक्ष राईको भनाई रहेको छ ।

धरान धेरै खेलकुद क्षेत्रको लागि प्रमुख शहर भएपनि एकाध विषय वाहेक मिडियामा ओझल पर्दै आएकोले राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरू भएका खेलकुद प्रति मिडियाको ध्यानाकर्षण गराउन मञ्चले यसपालि देखी मिडिया एवार्ड प्रदान गर्न सुरु गरेको वताए ।

एवार्डका लागि सूचना जारी गरी सञ्चारकर्मी छनौट गर्न वरिष्ठ पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति मञ्चको बैठकले गठन गरिएको उनले जानकारी दिए । समितिमा पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ र मञ्चबाट वसन्त राई सदस्य रहेका छन् ।

समितिले सार्वजनिक सूचना जारी गरी शुक्रवार ४ बजेसम्म आएका जानकारीका आधारमा उपयुक्त सञ्चारकर्मी चयन गर्ने उनले बताए ।

धरान खेलकुद मञ्च धरानमा भएका विभिन्न विधाका खेलकुदजन्य क्षेत्रको छाता संस्थाको रुपमा रहेको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic