पुनस्थापना गृहलाई क्याम्ब्रीज ईन्स्टिच्युट र प्राईम एजुकेसन धरानद्धारा खाद्यान्न सहयोग

  • वैशाख २१, २०८१
  • २,४२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१वैशाखः क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरान प्रालिले धरान स्थित पुनस्थापना गृहलाई शुक्रवार खाद्यान्न सहयोग गरेको छ।

धरान–१ मै रहेको पुनस्थापना गृहका संचालक भिम राईलाई प्रालिका संचालक लक्ष्मण दाहालले चामल, दाल, नुन, तेल एकमुष्ट रुपमा हस्तान्तरण गरेका थिए ।

एसईई दिएर प्राईम एजुकेसनमा ब्रीज कोर्स गरिरहेका बिद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउन खाद्यान्न सहयोग कार्यमा सहभागी गराएको प्रालिका संचालक दाहालले बताए।

बिद्यार्थीहरुले गृहमा रहेका अनाथहरुलाई फ्रुटी र फलफुल समेत बितरण गरे। प्राईम मै ब्रीज कोर्स गरिरहेकी छात्रा कैयन भुजेलले आफू सहभागी भएर सहयोग गर्न पाउँदा खुशी लागेको अनुभव सुनाईन।

उनले भनिन(–आउने दिनहरुमा आफूले पनि सकेको सहयोग गर्छु र अरुलाई पनि सामाजिक कार्यमा उत्प्रेरित गर्छुू।अर्का छात्रा अन्किता रामले पनि समाज सेवा जस्तो काममा सहभागी हुन पाउँदा खुशी लागेको बताईन।

ठूलो भएर यस्तै समाज सेवा गर्नुपर्छ भन्ने आफुलाई प्रेरणा मिलेको अन्किताले बताईन।

गृहका संचालक भिम राईले सहयोगका लागि क्याम्ब्रीज र प्राईम एजुकेसनलाई धन्यवात ब्यक्त गरे।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic