सुुचना नदिएको भन्दै माओवादी आक्रोसित माओवादीको शक्ति कम नदेख्न चेतावनि

  • वैशाख २१, २०८१
  • ४११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ वैशाखः संविधानले दिएको जनताले सुचना पाउने अधिकारबाट वन्चित गराएको भन्दै नेकपा (माओवादी केन्द्र) आक्रोशित वनेको छ ।

माओवादी केन्द्र रामधुनी नगर कमिटीले रामधुनि पालिकाले निर्धारित समयमा सूचना नदिएको भन्दै आक्रोशित वनेको हो ।

नगरपालिकाले नागरीकले पाउने सामान्य सुचना समेत लुकाएको भन्दै रामधुनी नगर कमिटीले दोस्रो पटक निवेदन लिएर नगरपालिका पुग्न वाध्य भएको छ ।

सूचनाको हक सम्बन्धि ऐन अनुसार १५ दिनभित्र सूचना दिनुपर्नेमा नदिएपछि माओवादी पुनः निवेदन लिएर आइतबार नगरपालिका पुगेको नगर अध्यक्ष बलराम चौलागाईंले जानकारी दिए ।

पार्टी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार सदस्य राजेन्द्र पौडेल, नगर अध्यक्ष चौलागाईं लगायत माओवादी नेता–कार्यकर्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई भेटेर पुनः निवेदन दिएका हुन् ।

दोस्रो पटकको निवेदनमा ७ दिनभित्र सूचना दिन माग गरिएको छ । निवेदनमा भनिएको छ, ‘सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ बमोजिम माग भएको सूचना त्यस कार्यालयको सूचना अधिकारीले उपलब्ध नगराएकाले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ९ को उपदफा ३ बमोजिम सूचना अधिकारीलाई कारवाही गरि, सूचनाको हकसम्बन्धि नियमावली २०६५ को नियम ५ ‘क’ को उपनियम २ बम्मोजिम आज मिति २०८१÷०१÷१६ गतेको ७ दिनभित्र‘सूचना उपलब्ध गराउनुहुन अनुरोध छ ।’

नगरले सूचना नदिनु सूचनाको हक, संविधानले नै सुनिश्चित गरेको मौलिक हक, मानवअधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध भएको माओवादीको ठहर छ ।

नगरपालिकालाई जनउत्तरदायी, पारदर्शी, जवाफदेही, भ्रष्टाचाररहित र जनमुखी बनाउनु आफ्नो लक्ष्य भएको माओवादीको भनाइछ ।

सूचना लुकाउने कार्यले नगरपालिका भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको अनुभूति भएको भन्दै तत्काल सच्चिएर ७ दिनभित्र माग गरिएको सूचनाको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माओवादीले आग्रह गरेको छ ।

सूचनाको हक अन्तर्गत नगरपालिकालाई बिभिन्न १५ ओटा बिषयमा प्रश्न राख्दै गत चैत्र २७ गते माओवादीले लिखित सूचना माग गरेको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic