अनि ऊ मरिन

  • वैशाख २२, २०८१
  • १,९९४ पटक पढिएको
  • छाल खबर

उसले आत्महत्या गर्ने सोच्यो
आफ्नो अस्मिता लुटिए पछि
बिना गल्ती समाजले उसलाई
तिरस्कार गरेपछि
न्यायको लागि कानुनसग
उल्टै हार भएपछि ।
उसले मृत्यु रोज्ने सोच्यो
बलात्कृत केटीको
नाम पाएपछि
समाजमा शिर उठाएर
हिडन गाह्रो भएपछि
अनि अपराधीलाई कानुनले
स्वतन्त्र छोड्दिएपछि ।
उसले मर्ने सोच्यो
आमाबाबु पनि आफ्नो कारण
समाजमा अपहेलित भएपछि
आफु पीडित हुदाहुदै
उल्टै दुनियाँले उसको कुरा काटेपछि ।
साथिभाई सबै टाढिए
आफु लुटिए पछि
आफ्नो आफन्त सबै छुटिए
साथ चाहिएपछि
उसले आत्महत्या गर्ने सोच्यो
एक्लै परेपछि ।
तर उ मरिन
बिग्रिएको भुतलाई बिर्सिएर
अबुझ समाज र न्याय नपाइने कानुनको
अगाडि वर्तमानको संघर्षले
भबिष्यमा आफ्नो नया परिचय
दिने अठोट गरेपछि ।

ममिता राई
धरान पटनाली

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic