अनि ऊ मरिन

  • वैशाख २२, २०८१
  • २,०८४ पटक पढिएको
  • छाल खबर

उसले आत्महत्या गर्ने सोच्यो
आफ्नो अस्मिता लुटिए पछि
बिना गल्ती समाजले उसलाई
तिरस्कार गरेपछि
न्यायको लागि कानुनसग
उल्टै हार भएपछि ।
उसले मृत्यु रोज्ने सोच्यो
बलात्कृत केटीको
नाम पाएपछि
समाजमा शिर उठाएर
हिडन गाह्रो भएपछि
अनि अपराधीलाई कानुनले
स्वतन्त्र छोड्दिएपछि ।
उसले मर्ने सोच्यो
आमाबाबु पनि आफ्नो कारण
समाजमा अपहेलित भएपछि
आफु पीडित हुदाहुदै
उल्टै दुनियाँले उसको कुरा काटेपछि ।
साथिभाई सबै टाढिए
आफु लुटिए पछि
आफ्नो आफन्त सबै छुटिए
साथ चाहिएपछि
उसले आत्महत्या गर्ने सोच्यो
एक्लै परेपछि ।
तर उ मरिन
बिग्रिएको भुतलाई बिर्सिएर
अबुझ समाज र न्याय नपाइने कानुनको
अगाडि वर्तमानको संघर्षले
भबिष्यमा आफ्नो नया परिचय
दिने अठोट गरेपछि ।

ममिता राई
धरान पटनाली

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic