आइएसए नेपाल झापा,इमोर्टल क्लब र धरान मेघा, अगाडि

  • वैशाख ३०, २०८१
  • १,०७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० वैशाखः धरानमा जारी दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा आइएस, झापा,धरान मेघा, र इमोर्टल क्लब विजयी भएका छन् ।

प्रतियोगितामा महिला तर्फ आइएसए नेपाल धरान मेघा, र इमोर्टल विजयी भएका थिए ।

त्यस्तै पुरुष तर्फ झापा र इमोर्टल क्लब विजयी भए महिला तर्फको खेलमा धरान मेघा कलेजले युवा जागृति क्लबलाई ४९–१०, आइएसए नेपालले तरहरालाई ४६–२ र इमोर्टलले इलुजन झापालाई २५–१५ अङ्कको अन्तरले पराजित गरे ।

महिला तर्फ लिग कम नकआउटको आधारमा सम्पन्न खेलको ए पोलमा आइएस ए नेपालले दुवै खेलमा जित निकाल्दै समूहको अगाडि रहेको छ । दुवै खेल खेलमा धरान मेघा कलेज र युवा जागृति क्लबले एक जित र एक हार नतिजा निकालेका छन् ।

तरहराले भने दुवै खेल गुमाएको छ । ए पोलका सबै टिमले एकरएक खेल खेल्न बाँकी छ । तरहराले भने दुवै खेल गुमाएको हो । महिला तर्फको वि पोल समूहमा भने १र१ खेल खेलेका रेड डेभिल्स र इमोर्टलले एक एक जित निकालेको छ । इलुजन झापा पराजित भएको छ ।

सोमवार हुने लिगको अन्तिम चरणको खेलमा युवा जागृतिले आइएसए नेपाल, धरान मेघा कलेजले तरहरा र रेड डेभिल्सले इलुजन झापा सँग प्रतिस्पर्धा गर्नेछ । सोमवारको खेलको नतिजाले समूह ए र ुसमूह विुको विजेता र उपविजेता निर्धारण गर्नेछ ।

पुरुष तर्फ झापाले केन्द्रीय प्रविधि क्याम्पस हातिसारलाई ३८–१७ र इमोर्टल क्लबले धरान मेघा कलेजलाई ६५–३९ अङ्कले पराजित गरेको छ । नकआउटको आधारमा भएको पुरुष तर्फ सोमवार युवा जागृति र तरहरा ए र तरहरा वि र होराइजन बिच खेल हुनेछ ।

धरान वास्केट बल संघको आयोजनामा भएको सो प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ। प्रतियोगिता मुख्य प्रायोजन अल्फा विटा कोयला कन्सल्टेन्सी प्रालिले गरेको छ ।

प्रतियोगिता धरान१६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा भइरहेको छ ।

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic