सुनाखरीकी छात्रा वर्षा कराते च्याम्पियनसिपमा भाग लिन भुटान प्रस्थान

  • असार २२, २०८१
  • २,१५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २२ असारः सुनाखरी एकेडेमी धरान–१२ले छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन बिहिवार भुटान प्रस्थान गरेकीछिन् ।

स्कुलले एक कार्यक्रमकावीच बर्षालाई बिदाई गरेको थियो ।

स्कुलका प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई र प्लस टु कोअर्डिनेटर टप कुमार राईले अबिर खदा लगाएर जितको शुभकामना दिदै बर्षालाई बिदाई गरेका थिए ।

स्कुलले दिएको जानकारी अनुसार बर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौमा भएको ५६ औ राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन।

आगामी जुलाई १३ देखि २० गते सम्म दक्षिण एशियाली कराते प्रतियोगिता हुने भएको छ।

बर्षाले सुनाखरी एकेडेमी बाटै २०८० को एईई दिएर कक्षा–११ मा अध्ययनका लागि प्रबेश परीक्षा दिई सकेकी छिन। करातेमा अब्बल बर्षालाई सुनाखरीले प्लस टु अध्ययनका लागि बिशेष सुबिधा प्रदान गर्ने प्रिन्सिपल राईले जानकारी दिए।

प्रबेश परीक्षा सम्पन्न

यसैबीच सुनाखरी एकेडेमीले एसईई उत्तीर्ण गरि कक्षा–११ मा अध्ययन गर्नका लागी बिहिवार नै प्रबेश परीक्षा लिएको छ।

SUNAKHARI NE3WWS PHOTO = 2 प्रिन्सिपल राईले प्रबेश परीक्षामा बिद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको बताउदै ठिक्क संख्यामा बिद्यार्थी राख्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने उल्लेख गर्नुभयो ।

सुनाखरी एकेडेमीमा प्लस टु तर्फ होटलमेनेजमेन्ट र कम्प्युटर साइन्स पढाई हुने गरेको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic