जसपा नेपाल बिभाजनका कारणहरु

  • असार २५, २०८१
  • २,८८१ पटक पढिएको
  • छाल खबर
alt

भनिन छ एक सफल बिद्रोहिले कथा मात्रै भन्दैन । यथास्थितिका बिरुद्ध नया सम्भाबनाको क्षितिज खोलिदिन्छ । बिद्रोहिलाई यो वा त्यो नाम मा गल्ति माथि गल्ति गरिरहने छुट पनि हुदैन् । यथास्थितिको बिरोध गरेर मात्रै परिबर्तनकारिको जिम्मेवारी पुुरा हुदैन । बिद्धानहरु भन्छन ईतिहासले पाठ सिकाउदैन सजाय मात्रै दिन्छ । चलन चल्तिमा भने हामि ईतिहासबाट पाठ सिक्दै भन्ने वाक्यासलाई बडो पृय ढगले प्रयोग गर्ने गर्छौ । ईतिहासबाट पाठ सिकेको भए सायद उपेन्द्र यादवले पार्टि स्थापना गरेको १७ बर्षमा ११ पटक बिभाजनको सामना गर्नु पदैनथ्यो । नियति वा उपेन्द्र यदबको नियतको परिणाम हो पार्टि बिभाजन र ब्यत्तिगत रुपमा पार्टि छोडनेहरुको नाम सम्झिने हो भने पार्टिमा रहनेहरुको भन्दा लामो लिस्ट छोडनेहरुको हुने रहेछ । भाग्य नारायण गुप्तादेखि अशोक राईको नेतृत्वमा पार्टि बिभाजन हुदासम्मका नामहरुलाई स्मरण गर्ने हो र आज पार्टिमा एकजुट भएर बसिरहेको भए सिंगै मुलुकको नेतृत्व जसपा नेपालले गरि रहेको हुनसक्थ्यो । पार्टि छाडने र बिभजन गर्नेे समुह र ब्यात्तिहरुले पार्टि परित्याग गरेको देखिन्छ । अशोक राईहरु एकता पछि सबै भन्दा धेरै समय लगभग ९ बर्षसगै बसेछन । सायदै राजनीतिक रुपले राष्ट्रिय ब्यत्तित्व बनाई सकेकाहरु अशोक राई भन्दा लामो समय कोहि बस्न सकेनन । भाग्य नारायण गुप्ता, बिजय गच्छदार,जे पि गुप्ता ,महन्त ठाकुर राजेन्द्र महतो ,डा बाबुराम भटटराई ,युबराज कार्कि ,हेमराज राई जस्ता थुप्रै नेताहरुले पार्टि बिभाजन गरे वा ब्यत्तिगत रुपले पार्टि छाडे । यी सबै घटनाहरुको समग्र मुल्याङ्कन गर्दा भन्ने पर्ने हुन्छ उपेन्द्र यादबसंग पार्टिलाई एकताबद्ध बनाउन सक्ने सोच बिचार र क्षमता छैन ।

सिङ्गै मुलुकको नेतृत्व गर्ने बाताबरण बनाउनको बदला बैचारिक बिषयमा अलि रुचि राख्ने र पार्टि नेताहरुको कार्य शैलिमाथि प्रश्न उठाउनेहरुलाई पार्टि छोडन बाध्य नपारेसम्म वा किनारामा नधकेलेसम्म भातै नरुचने मूख्य प्रबृति स्थापित हुन पुग्यो । बिगतमा उपेन्द्र यादबको कार्यशैलि माथि गम्भिर असहमति राखेर पार्टि बिभाजन गरिएको देखिन्छ । तर अशोक राईको समुहले पार्टि बिभाजन गर्दा कार्यशैलिको सिमा पार गरेर बिचार, सिद्धान्त , दृष्टिकोण र आर्थिक अपारदर्शिता जस्तो गम्भिर प्रकृतिकोे सिमा भित्रसम्म प्रबेश गरेको छ । यसले के देखाउछ भने कम्जोरी र गल्तिबाट शिक्षा लिने होइन । कम्जोरिहरुलाई ढाक छोप गर्न थप गल्ति गर्ने कामले निरन्तरता पायो । गणतन्त्र स्थापना भए पछि निरन्तर सत्ता भोग गर्ने थोरै ब्यात्तिहरु मध्ये उपेन्द्र यादबको नाम पनि अग्रपंत्तिमा आउदोरहेछ । नेपालि राजनीति बृतमा चिया चर्चा हुदा चर्चा चल्ने एउटा बिषय छ । मधेश बिद्रोहको जुन राजनीतिक वोजन थियो त्यसले मधेश र मधेशि समुदाले के पायो भन्ने बहसको बिषय वा ब्यत्तिका फरक बिचार हुन सक्छन । तर मधेश बिद्रोहका नेताले साटन सक्ने भन्दा पनि बढि ब्यत्तिका हिसाबमा प्राप्त गरि सकेको कुरा राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । भनिन्छ तत्कालिन मधेश बिद्रोह सुबिचारित बिद्रोह थिएन । स्वयम उपेन्द्र याबदलाई नै यति छिटो बिद्रोह हुन्छ भन्नेमा बिश्वास थिएन । मधेशमा असन्तुष्टि बढि रहेको थियो तर बिद्रोेहको तहसम्म पुग्ने बस्तुगत अवस्था बनेको थिएन । लाहानमा मधेश बन्दकोबेला माओबादी नेता राम कार्की र मातृका यादबले परिस्थिको राम्रो आङकलन नगरिकनै शत्तिको उन्मादमा लाश जफद गर्ने असमबेदनसिल जुन काम गरे त्यसले अप्रत्यसीत रुपमा मधेशी जनताको राज्यप्रतिको असन्तुष्टिलाई बिद्रोहमा परिणत गरि दियो । त्यो बिद्रोह राज्यसंग मात्रै सिमित रहेन । भर्खरै बिद्रोह गरेर शान्ति प्रकृयामा सहभागि हुदै गरेको माओबादी बिरुद्ध पनि लक्षित हुन पुग्यो । त्यसले मधेशमा नेकपा मओबादीको उपस्थितिलाई कमजोर मात्रै होइन नेकपा माओबादीलाई कुनै पनि बेला पछाडी धकेल्न सकिन्छ भन्ने मनोबिज्ञान निर्माण गर्न मदत गयो । गौरमा भएको अमानबिय बर्बरताले त माओबादीलाई पछाडि धकेल्नका निम्ति मधेशमा प्रयाप्त तागत छ भन्ने बलियो मनोबिज्ञान निर्माण भयो । यो मनोबिज्ञानलाई राजनीतिक रङ्गदिन मधेशि जनअधिकार फोरमका नेता उपेन्द्र यादब सफल रहे ।

संघिय समाजबादी पार्टि र मधेशि जनअधिकार फोरमका बिचमा पार्टि एकिकरण हुदा  संघिय समाजबादलाई पार्टिको मार्गदर्शक सिद्धान्त मान्ने र सामुहिक नेतृत्व प्रणालि स्थापित गर्ने सहमति भए पश्चात पार्टि एकिकरण सम्भब भएको हो । पार्टिको मुख्य नारा संघियता, शुसासन ,समृद्धि र समाजबाद राखियो तर बिधान अधिबेशनका लागि प्रस्तावित बिधानमा लोकतन्त्र , सामाजिक न्याय र समाजबाद राखियो । एकिकरण पश्चात ब्यबहारिक रुपमा उपेन्द्र यादबले पार्टिका मुल बिचार र सिद्धान्तलाई आत्मादेखि स्वीकार गरेको आभाष कहिले भएन । उपेन्द्र यादब भारतिय समाजबादी चिन्तक राम मनोहर लोहियाको बिचार भन्दा पर जनै नसकने । पार्टि निर्माण ताका नेपाली कांग्रेस भन्दा अग्रगामि कम्युनिष्टहरु भन्दा लोकतान्त्रिक बनाउने दृष्टिकोण लिएर पार्टि निर्माण गरिएको थियो । तर पार्टि अध्यक्ष यादब समाजबादी लोकतन्त्र भन्दा अगाडि जानै नमान्ने ।सामावादी लोकतान्त्रिक पार्टिका निमित्त नया पार्टि बनाउनु पर्ने कुनै राजनैतिक आवाश्यकता नै थिएन । किन भने समाजबादी लोकतन्त्रका निमित्त स्थापित पार्टि नेपाली कांग्रेस नेपालि राजनीतिमा जबरजस्त स्थापित छ । जसपा नेपालमा रहेका साथिहरुले बिचार र सिद्धान्तका सन्दर्भमा बहस नै भएन फरक बिचार कसैको थिएन भन्न सक्छन । तर धेरैलाई चासोे र जानकारि नहुन सक्छ । बिधान अधिबेसनका लागि २०८० ÷३÷ मा प्रस्तुत गरिने प्रस्ताबित मस्यौदा बिधानको प्रस्ताबनामा प्रष्ट प्रस्ताब गरियको थियो । हाम्रो पार्टि समाजबादी लोकतान्त्रिक पार्टि हो । केहि बर्ष अगाडि देखिनै संघिय समाजबाद लेख्नका लागि बडो गाह्रो मान्दै कलम चलाएको आभास हुन्थ्यो । मस्यौदा बिधानको छलफलहरुमा सहभागि हुदा म आफैले भनेको हुं । यति प्रष्टका साथ हाम्रो पार्टि समाजबादी लोकतान्त्रिक पार्टि हो भनि सकेपछि पार्टिको नाम जसपा नेपाल किन राख्नु परयो ? पार्टिको नाम सलोपा राखे भइ हाल्यो । किन भने प्रस्ताबित बिधानमा प्रष्टसंग लेखिएको थियो हाम्रो पार्टि समाजबादि लोकतान्त्रिक पार्टि हो । प्रस्ताबित बिधानमा महाधिबेशनको औचित्य नै नहुने गरि महाधिबेशनको ब्याबस्था गरिएको थियो । पार्टिको नेतृत्व सामुहिक प्रणालिमा होईन । अध्यक्षलाई सर्बशत्तिमान प्रस्ताबित गरियो । प्रस्ताबित बिधानमा अन्य पदाधिकारिको काम भनेको अध्यक्षले अराए खटाएको गर्ने मात्रै थियो । जिम्मेवारिका सन्दर्भमा पदाधिकारिहरुको जिम्मेवारी अध्यक्षले तोके अनुसार हुने छ भन्ने प्रस्ताब गरियो ।अध्यक्षले आवश्यक ठानेमा जिम्मेवारी परिबर्तन गर्न सक्ने छ भन्ने प्रस्ताब गरियो । प्रस्ताबित बिधान मस्यौदामा पहिचानका बारेमा कतै उल्लेख गरिएन । पहिचानमा आधारित पार्टि समितिहरुलाई सम्पर्क समितीको तहमा सिमित राख्ने प्रस्ताव गरियो ।सुनसरी ,मोरङ्ग र झापा जस्ता जिल्लाहरुलाई मधेश प्रदेशमा राख्ने प्रस्तावमा फरक बिचार राख्ने भित्रको म पनि एक हो । रकम चेम्जोङ्गले नै मानिसके पछि तपाई किन जिरह गर्नु हुन्छ भनेर मलाई आफना मान्छे लगाएर सहमत गराउने प्रयत्न गरियो । बिधान अधिबेशन पश्चात पनि मैले आफनो अडानलाई जारि नै राखेको थिए । बिचार निर्माणको प्रकृयामा कुनै पनि कार्यकतालाई सहभागि नगराउने । फलत बिचारका मामलामा मौन बस्ने परम्परा कायम हुदै गयो । मस्यौदा बिधान पहिलो पटक पढदा यो बिधान जसपा नेपालको बिधान अधिबेशनका लागि अध्यक्ष उपेन्द्र याबद द्धारा नै मस्यौदा गरिएको प्रस्ताबित मस्यौदा हो भनेर बिश्वास नै लागेन ।

जब पार्टि पंक्ति भन्दा  भित्र तहगत छलफल सुरु भयो वहाका आसे पासेहरुले सबै कुरा समेटिएको छ । उकृष्ट छ जस्ताको तस्तै पास गर्नुपर्छ भन्न थाले त्यस पछि अध्यक्ष यादबको असलि मनोबिज्ञान बाहिर आयो । त्यसपछि भने अध्यक्ष यादब प्रतिको बिश्वास कमजोर हुन थाल्यो ।

कार्यशैलिका सन्र्दभात के भन्ने समानताको लागि बिद्रोह गरेको अगुवाले यस्तोसम्म गर्न सक्छ भनेर कसैले सोच्नै नसक्ने कार्यशैली । कार्यकर्ता बिचको असहतिहरु हल गर्न होइन एकलाई अर्काको बिरुद्ध प्रयोग गर्ने मात्रै होईन मलजल गरेर कहिले मिल्न नसक्ने कित्तामा उभ्याए पछि मात्रै सन्तोषको सास फेर्ने । एउटा नेताको बिरुद्ध अर्को नेतालाई प्रयोग गर्नमा पारङंगत । कार्यकतालाई जिम्मेवारी दिदा स्वार्थलाई केन्द्रमा राखेर जिम्मेबारी दिने स्वार्थको साधक बन्छ या बाधक बन्छ भन्ने आधारमा कार्यकर्तालाई जिम्मेवारि दिने । चाकरि र चाप्लुसिका महारथिहरुलाई बरिपरि राखेर आफनो स्तुति गान गाएको सुन्न खुब मन पराउने । आफनो स्तुति गाउनेहरुले गरेका अपराधहरुको ढाक छोप गर्न आफै अघि सर्ने । स्वार्थ गलत प्रबृतिका बिरुद्ध बोल्ने र इमान बचाउन चाहनेहरुलाई पार्टिबाट अलग हुनै पर्ने वा उप्रेन्द्र यादबका सबै गलत कृयाकलापहरुलाई सहेर बस्नु पर्ने बाध्यता श्रृजना गर्ने । केन्द्रिय समिति नाम मात्रैको थियो । केन्द्रिय समितिमा ब्याबस्थित छलफलका निम्ति बातावरण निर्माण गर्ने चाहाना नै नराख्ने । निर्बाचनमा टिकट बितरण गर्दा तल्ला समितिमा बिबाद हुने गरि टिकट बितरण गर्ने । आफै संमलग्न भएर एउटै पदका लागि दुई दुई जनालाई टिकट दिने अनि कार्यकर्ताको बिबाद र झगडामा मनोरन्जन लिने । पार्टि भित्र नेताहरुको बहिरगमन का बारेमा कुरा गरियो भने गयो ठिकै भयो भनेर खुशि मान्ने । यो बाध्यताका बिचमा उपेन्द्र यादबका गलत प्रबृतिहरुको साक्षि बस्नु भन्दा बिद्रोह गर्नेलाई साथ दिनु नै न्याय पुर्ण र संगति पुर्ण बिचार हुन्छ ।

पार्टिको मुल उदेश्य भित्र शुसासन पनि मुख्य रहेको थियो । पार्टि एकिकरण भए पछिको लगभग नौ बर्षमा पार्टिको आयब्याय एक पटक पनि केन्द्रिय समितिलाई जानकारि गराईन । कार्यालय भाडा कसरि ब्यबस्था हुदैछ । कार्यालयका कर्मचारि हरुको तलब सुबिधा कसरि ब्यबस्था गरिएको छ । त्यसको जानकारि कतै कसैलाई थाहा नहुने । अनौपचारिक, तर सार्बजानिक जतिकै खुल्ला के थियो भने समानुपातिकका संसदहरुसंग करोडौ असुलिएको छ । आर्थिक लेनदेनका कारणले पार्टिको नाम पनि भन्न नजान्नेहरुलाई समानुपालिक सांसद बनाईएको छ । त्यसको प्रत्यक्ष प्रमाणको रुपमा २०७४ सालको निर्बाचनमा महिला उम्मेद्धारको सुचिमा १ नं मा सुशिला श्रेष्टलाई राख्ने निर्णय भयो तर निर्बाचा आयोगमा दर्ता गर्दा रेणुका गुरुङ्गको नाम दर्ता गरिए छ । रेणुका गुरुङ्ग आफैले चुनाबि सभातिर मैले रु १ करोड दिएर १ नं मा नाम राखेको हु मलाई भोट दिनुहोस म मन्त्रि हुन्छु भनेर भोट मागे पछि मात्रै थाहा भयो रेणुका गुरुङ्ग को नाम १ नं मा सिफरिस भएको । चुनाब पछि आयोजित केन्द्रिय समितिको बैठकमा मैले यो बिषयलाई छलफलामा ल्याउन प्रश्ताब गरे तर यो बिषयलाई प्रबेश नगराउन सबै थोक गरियो । तर बैठकले छानबिन समिति बनाएर मात्रै बैठक अगाडि बढ्ने अबस्था बन्यो । बैठकमा मैले कुरा उठाए बापत मलाई क्रमश जिम्मेवारि बाट हटाउने काम गरियो त्यो बेला देखि गत चैत्रमा मात्रै मलाई स्कुल तथा प्रशिक्षण बिभागको सदस्य बनाइएको थियो । २ महिना पछि महाधिबेहन छ २ मैना अगाडि स्कुल तथा प्रशिक्षण बिभागको सदस्य बनाउदा मैले कति काम गर्ने अवसर प्राप्त गरे होला ? मधेश मुलका माननियहरुसंग करोडौको लेनदेनपछि मात्रै मन्त्री बनाउन तयार हुने आरोप पनि लागेको थियो ।

चुनाबका बेला पनि उम्मेद्धारहरुलाई पार्टिबाट गरिने सहयोगमा स्वार्थ साधकलाई १० औं लाख सहयोग गरेको र स्वार्थ बाधकलाई सहयोगको कुरागर्दा गालि गरेको कुरा सामान्य जस्तै बनि सकेको थियो । मधेश प्रदेशमा जसपा नेपालको नेतृत्वमा पुरै ५ बर्ष सरकार चल्यो । मधेश प्रदेश सरकारका अर्थ मन्त्रि बिजय यादब उपेन्द्र यादबको सबै भन्दा बिश्वास पात्र । बिजय यादबलाई अख्तियारले करोडौ भ्रष्टचार गरेको मुद्धा चलाई रहेको छ । जानकारहरु भन्ने गछर्न उपेन्द्र यादबको अनुमति बिना बिजय यादबले कुनै योजनानै सदर गरेनन । सबै प्रकरणमा राष्ट्रिय अध्यक्षको सहमति छ । तर बिजय यादबको यो भष्ट्रचारको मुद्धालाई ढाक छोप गर्न सबै हर्कत गरियो । गांउ घरतिर एउटा लोकउत्ति छ । गोठमा वा बगालमा एउटा बगाल पिरुवा पशु र हल पिरुवा गोरु परयो भने बगाल पनि बडदैन् गोठ पनि उभो लागदैन हल पनि कहिले फष्टिदैन ” यो उत्ति उपेन्द्र यादबका सन्दर्भमा  पनि सान्दभिक  हुन्छ भन्ने लाग्छ ।

माथिका लेखहरु लेखक भीम राईका निजी विचारहरु हुन ।

 

युवा व्यवसायी शंकरद्धारा बुवाको नाममा अक्षयकोष

छाल खवर धरान,१२माघः युवा व्यवसायी तथा राजनीतिकर्मी युवराज शंकर र मिलन शंकरल ...

योग’ जीवन रुपान्तरणको काइदा, यस्ता छन् फाइदै फाइदा

एसपी उप्रेती काठमाडौं । नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूप ...

धरानमा भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफा

छाल खवर धरान,९ माघः धरानमा केही महिना अघि सम्पन्न भएको राष्ट्रिय व्याडमिन्ट ...

बुढासुब्बा गोल्डकप थप व्यवस्थित गरीने

छाल खवर धरान,९ माघः धरानमा संचालन हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासु ...

युनाइटेड गोर्खा एकेडेमीद्धारा निःशुल्क आँखा शिविर

छाल खवरधरान,५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले निःशुल्क आँखा श ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic