महशुल वृद्धि तत्काल फिर्ता गर्न ९ राजनीतिक दलको ७२ घण्टे अल्टीमेटम

  • साउन ११, २०८१
  • ५,१६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ साउनः धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष धरानका नगर प्रमुख हर्कराज राईले उपभोक्ताले तिर्न नसक्ने गरी गरेको खानेपानी महशुल वृद्धि तत्काल खारेज गर्न धरानका १० राजनीतिक दलहरुले माग गरेकाछन् ।

दलहरूले शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय माग सहित ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम गर्न माग गरेका हुन् ।

राजनीतिक दलहरुले महशुल वृद्धि नगरे आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएकाछन् ।

वृद्धि गरीएको महशुल अनुसार पुराना धनीको नामबाट नया घरधनीको नाममा धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० हजार रुपैयाँ कायम गरी २४०० सय प्रतिशत देखी ९९०० प्रतिशतसम्म वृद्धि गरीएको छ ।

नयाँ धारा जडान गर्न २० हजार रुपैयाँ देखी १ लाखसम्म पुर्‍याउँदै ३०० प्रतिशतसम्म बढाइएको छ । धारामा पानी नआए चेकिङ वा मर्मत गरी होल चेन्ज गराउँदा १०० देखी १९०० प्रतिशत वृद्धि गरेर ५ हजार देखी २० हजार रुपैयाँ बनाएको छ ।

खानेपानी शुल्कमा यसअघि न्यूनतम १३० रुपैयाँ रहेकोमा १५० बनाई पानीको युनिट परिमाणमा २०० प्रतिशतसम्म महसुल बढाइएको छ । निवेदन दस्तुरमै ४०० प्रतिशत वृद्धि गरेर हचुवाको पनि पराकाष्ठा देखाएको दलहरूले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनता समाजवादी पार्टी नेपालका धरान नगर अध्यक्ष ताजुव लिम्वुले जनताले थेक्न नसक्ने गरी गरीएको महशुल वृद्धि उपभोक्ता मारा कार्य भएकोले तत्काल पुरानै दर कायम गर्न माग गरेकाछन् ।

त्यसैगरी काँग्रेस सभापति श्याम पोखरेलले नगर प्रमुख हर्क साम्पाङको कार्यशैलीप्रति दलहरू चुप लागेर बसेको गुनासो बढेपनि दलहरू शान्त बसेको भएपनि खानेपानीमा गरिएको अवैधानिक वृद्धिले आन्दोलन गर्न बाध्य भएको वताए ।

दैनिक जीवनसँग गाँसिएको खानेपानीको सवालमा दलहरूले आन्दोलन सुरु गरेको उद्घोष गर्दै वृद्धि गरेको शुल्क खारेज नगरेसम्म आन्दोलन चरणबद्ध रूपमा हुने चेतावनि दिए ।

नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङले दमक र इटहरीमा खानेपानीको महसुल घटाइएको बेला धरानमा उपभोक्ताले तिनै नसक्ने गरी गरेको वृद्धि स्वीकार्य नभएको बताए ।

नेकपा माओवादीका इन्चार्ज चोत्लुङले पुनरावेदन अदालतमा मुद्दा चलिरहेको खानेपानी बोर्डकै वैधानिकता नभएको बेला एक व्यक्तिको लहडमा गरिएको महसुल शुल्क वृद्धि अवैज्ञानिक मात्र होइन अवैधानिक भएकाले तत्काल खारेज हुनुपर्ने बताए ।

खानेपानी बोर्डमा बुझाइएको ज्ञापन पत्रमा ३ सूत्रीय निम्न माग गरिएको छ ?

१.खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल दर खारेज गरी पुरानै महसुल कायम गरियोस् ।

२.खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिई पारदर्शी रूपमा नियमित सञ्चालन गरियोस् ।

३.खानेपानी व्यवस्थापन बोर्डको आयरव्यय सार्वजनिक परीक्षण गरियोस् ।

ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरूमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई छन् ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic