युएन नबोदय कलेजको पढ्दै कमाउदै शिक्षाप्रति प्रदेस अर्थ मन्त्रीको प्रशंसा

  • साउन १७, २०८१
  • ३,९६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१७ श्रावण:  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले युएन नबोदय कलेज धरानले संचालन गरेको पढ्दै कमाउदै शिक्षाप्रती चासो व्यक्त गरेका छन 

बिहिबार कलेजको भ्रमणका क्रममा युएनले नै संचालन गरेको युएन केक एन्ड बारिष्टाको अवलोकन गर्दै मन्त्री राना मगरले उक्त चासो ब्यक्त गरेका हुन।

क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बिएच एममा युएनका बिद्यार्थीले प्रदेसकै टप देखि नेपालमै दोश्रो स्थानसम्म ल्याउन सफल भएको मन्त्री राना मगरलाई जानकारी गराएका थिए ।

क्याम्पस प्रमुख तुम्बापोले होटल म्यानेजमेन्टका बिद्यार्थीलाई पढ्दै कमाउदै गर्न सजिलो होस र प्राक्टिकल गर्न समेत अझ सहज होस भन्ने उद्येश्यले युएन केक एन्ड बारिष्टा सन्चालनमा ल्याएको मन्त्रीलाई जानकारी गराएका थिए ।

युएन केक एन्ड बारिष्टाको अवलोकन पछि मन्त्री राना मगरले हाम्रो देशमा सैद्धान्तिक  भन्दा ब्यबहारिक शिक्षा नै बढी उपयोगी हुने यो ज्वलन्त उदाहरण भएको बताए।

केक र कफी मेशिन देखाउदै मन्त्री राना मगरले कसरी बन्छ भनेर बिद्यार्थीहरुसङ्ग जिज्ञासा राखेका थिए। बिद्यार्थीहरुले केक र कफी बनाउने तरिका बारे मन्त्रीलाई जानकारी गराएका थिए ।

पढ्दै कमाउदै गर्न पाईन्छ भनेर नेपाली विद्यार्थी बिदेस जान्छन तर यसरी आफ्नै देशमा पढ्दै कमाउदै गर्न सक्ने बाताबरण सबैतिर बनाउन सके बिद्यार्थीहरु अध्ययन र रोजगारीका लागि बिदेसिनु नपर्ने मन्त्री राना मगरले बताए।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले युएन नबोदय होटल म्यानेजमेन्टमा ब्रान्ड कलेज भएको बताउदै प्राक्टिकल, किचन ल्याब, हाउस किपिङ, हस्पिटालिटि आदीको बारेमा मन्त्रीलाई जानकारी गराए।कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बुले अवलोकन कार्यक्रमको सहजीकरण गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic