भारतको ७८औँ स्वतन्त्रता दिवस धरानमा विभिन्न कार्यक्रमका साथ सम्पन्न

  • साउन ३२, २०८१
  • ५,७५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ साउनः मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवस धरानमा विहिवार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

हरेक वर्ष अगस्त १५ का दिन मित्रराष्ट्र भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइने गरीएको छ ।

भारतीय राजदूतावासको धरान स्थित पेन्शन वितरण कार्यालयमा बिहान स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको हो ।

कार्यालय प्रभारी अधिकारी मेजर भरत कनोजियाले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी शहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो ।

FREE DAY NEW PHOT0 = 2

कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भारत र नेपालको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनु भयो ।

तिवारीले नेपाली वीर गोर्खालीको रगत र पसिना भारतीय स्वतन्त्रताका लागि बगेको स्मरण गर्दै भारतको अस्तित्व रक्षाका लागि गोर्खाली सेनाले ठुलो सहयोग पुगेको उल्लेख गर्नुभयो ।

प्रभारी अधिकारी मेजर कनोजियाले पेन्सन वितरण कार्यालय स्थापनाको उद्देश्य र कार्य विवरण प्रस्तुत गर्नुभयो ।
कनोजियाले पेन्सन वितरण कार्यालयबाट भारतीय भूपूहरूलाई दुर्गम पहाडी क्षेत्र र तराई भेगका विभिन्न जिल्लाहरूमा बहुदेश्यिय शिविरहरू सञ्चालन गरी सेवा पुर्याउदैँ आएको बताउनु भयो ।

मेजर कनोजियाले कार्यालय परिसरमा वीर नारी र पेन्सनरहरुको उन्नति र जीविकोपार्जन, स्वरोजगार सम्बन्धी कम्प्युटर, सिलाई बुनाई र ब्युटी पार्लर लगायत सीपमुलक तालिम सञ्चालन भइरहेको पनि जानकारी दिनु्भयो ।
कार्यक्रममा भारतीय स्वतन्त्रताको लागी वीरगति प्राप्त गरेका वीरहरूको वीरनारी श्रीमतीहरूलाई ब्लाङकेट, वीरता पदक धारकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरू र भोकेशनल ट्रेनिङका नानीहरूले प्रतिभा प्रदर्शन गरेका थिए ।

कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति गरेका विद्यार्थी तथा खेलकुदका विजेता, उपविजेताहरुलाई मेडल तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।

भारतीय पेन्सन वितरुण कार्यलयले विभिन्न स्वास्थ्य शिविर,रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic