भारतको ७८औँ स्वतन्त्रता दिवस धरानमा विभिन्न कार्यक्रमका साथ सम्पन्न

  • साउन ३२, २०८१
  • ५,७०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ साउनः मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवस धरानमा विहिवार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

हरेक वर्ष अगस्त १५ का दिन मित्रराष्ट्र भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइने गरीएको छ ।

भारतीय राजदूतावासको धरान स्थित पेन्शन वितरण कार्यालयमा बिहान स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको हो ।

कार्यालय प्रभारी अधिकारी मेजर भरत कनोजियाले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी शहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो ।

FREE DAY NEW PHOT0 = 2

कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भारत र नेपालको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनु भयो ।

तिवारीले नेपाली वीर गोर्खालीको रगत र पसिना भारतीय स्वतन्त्रताका लागि बगेको स्मरण गर्दै भारतको अस्तित्व रक्षाका लागि गोर्खाली सेनाले ठुलो सहयोग पुगेको उल्लेख गर्नुभयो ।

प्रभारी अधिकारी मेजर कनोजियाले पेन्सन वितरण कार्यालय स्थापनाको उद्देश्य र कार्य विवरण प्रस्तुत गर्नुभयो ।
कनोजियाले पेन्सन वितरण कार्यालयबाट भारतीय भूपूहरूलाई दुर्गम पहाडी क्षेत्र र तराई भेगका विभिन्न जिल्लाहरूमा बहुदेश्यिय शिविरहरू सञ्चालन गरी सेवा पुर्याउदैँ आएको बताउनु भयो ।

मेजर कनोजियाले कार्यालय परिसरमा वीर नारी र पेन्सनरहरुको उन्नति र जीविकोपार्जन, स्वरोजगार सम्बन्धी कम्प्युटर, सिलाई बुनाई र ब्युटी पार्लर लगायत सीपमुलक तालिम सञ्चालन भइरहेको पनि जानकारी दिनु्भयो ।
कार्यक्रममा भारतीय स्वतन्त्रताको लागी वीरगति प्राप्त गरेका वीरहरूको वीरनारी श्रीमतीहरूलाई ब्लाङकेट, वीरता पदक धारकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरू र भोकेशनल ट्रेनिङका नानीहरूले प्रतिभा प्रदर्शन गरेका थिए ।

कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति गरेका विद्यार्थी तथा खेलकुदका विजेता, उपविजेताहरुलाई मेडल तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।

भारतीय पेन्सन वितरुण कार्यलयले विभिन्न स्वास्थ्य शिविर,रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic