तिज उत्सव कार्यक्रममा महिला संचारकर्मी सम्मानित

  • भदौ २, २०८१
  • १,५०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भदौः धरान मनिहारी तथा उपहार व्यपार संघको आयोजनामा शनिवार मनिहारी तिज उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्यामा भब्य तिज उत्सब कार्यक्रम सम्पन्न भएको हो ।

उत्सब कार्यक्रममा नृत्य प्रतियोगिताका साथै मेहन्दी लगाउने प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख कोशी प्रदेश सांसद यशोदा कायस्थले बोल्दै नेपाली समाजमा महिलाहरू बिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्ने बताईन् ।

manihari news = 2 photo चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको तीज उत्सव २०८१ को अवसरमा बोल्दै सांसद कायस्थले बताइन् ।

महिलाहरूलाई रचनात्मक, सिर्जनात्मक हुँदै आर्थिक रूपमा सबल सक्षम हुन तिज पर्वले प्रेरणा दिउन् भन्दै सांसद कायस्थलले तिजको शुभकामना दिएकी थिइन ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाले बहुभाषिक बहुसाँस्कृतिक विविधतायुक्त सहर धरानमा सांस्कृतिक सद्भावलाई बाह्य तत्त्वले खलबल्याउन खोजे पनि यहाँको विशिष्टता भनेकै सद्भाव भएको बताए ।

धरान बहुजातिय सांस्कृतिक सहरको रूपमा स्थापित भएको बताउँदै सम्पूर्ण जातजातिहरू विशेष चाडपर्व नै धरानको संस्कृति विशेष पर्व र पहिचान भएको उपमेयर बेघाले उल्लेख गरेका थिए ।

उत्सवमा पत्रकार प्रधान सम्मानित

मनिहारी तिज उत्सब कार्यक्रमको अवसरमा महिला पत्रकार रश्मि प्रधानलाई सम्मान गरीएको थियो ।सम्मानित प्रधान कपुरी न्युज अनलाईनमा कार्यरत पत्रकार हुन ।

प्रधानलाई सम्मान–पत्र सहित नगद २ हजार १ सय रुपैयाँले सम्मान गरिएको थियो ।पत्रकार प्रधान युवा पुस्ताको लोकप्रिय र सकृय पत्रकार हुन ।

उत्सवमा कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी)मानबहादुर राई, महिला संञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्य लगायत धरान ईटहरीका व्यवसायी महिला दिदीबहिनीहरु साथै धरानका विभिन्न संघ सस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मनिहारी तथा उपहार व्यापार संघका अध्यक्ष रामस्वरुप शर्माको सभापतित्वमा भएको उत्सव कार्यक्रमको संयोजक दुर्गा काफले थिइन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic