अनेरास्ववियु क्रान्तिकारीको दोस्रो प्रदेश सम्मेलनको तयारी पुरा

  • भदौ २४, २०८१
  • १,४६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ भाद्र ः नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को दोस्रो कोशी प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

क्रान्तिकारीले सोमवार धरानमा पत्रकार सम्मेलन गरी मंगलवार (भोलि)बाट हुन लागेको प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

सम्मेलन भोली भाद्र २५ र् २६ गते धरानमा हुनेछ ।

सम्मेलनमा देश अध्यक्ष हेमन्त राईले प्रदेशभरिका १४ वटै जिल्लाका ३० हजार भन्दा बढी संगठित सदस्यहरु मध्येबाट ४५५ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि दोस्रो प्रदेश सम्मेलन भन्ने मुल नाराका साथ प्रदेश भेला हुने अध्यक्ष राईले बताए ।

उनले सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठाउने बताए । उनले समाजवाद शिक्षा प्रणालीका बारेमा प्रमुख मुद्दा हुने बताए ।

सम्मेलनले ११ सदस्यीय पदाधिकारी सहित ६१ सदस्यीय कमिटी निर्वाचित गर्ने भएको छ् ।

प्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट नेतृत्व निर्वाचित हुने क्रान्तीकारी अध्यक्ष राईले बताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic