अनेरास्ववियु क्रान्तिकारीको दोस्रो प्रदेश सम्मेलनको तयारी पुरा

  • भदौ २४, २०८१
  • १,३१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ भाद्र ः नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को दोस्रो कोशी प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

क्रान्तिकारीले सोमवार धरानमा पत्रकार सम्मेलन गरी मंगलवार (भोलि)बाट हुन लागेको प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

सम्मेलन भोली भाद्र २५ र् २६ गते धरानमा हुनेछ ।

सम्मेलनमा देश अध्यक्ष हेमन्त राईले प्रदेशभरिका १४ वटै जिल्लाका ३० हजार भन्दा बढी संगठित सदस्यहरु मध्येबाट ४५५ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि दोस्रो प्रदेश सम्मेलन भन्ने मुल नाराका साथ प्रदेश भेला हुने अध्यक्ष राईले बताए ।

उनले सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठाउने बताए । उनले समाजवाद शिक्षा प्रणालीका बारेमा प्रमुख मुद्दा हुने बताए ।

सम्मेलनले ११ सदस्यीय पदाधिकारी सहित ६१ सदस्यीय कमिटी निर्वाचित गर्ने भएको छ् ।

प्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट नेतृत्व निर्वाचित हुने क्रान्तीकारी अध्यक्ष राईले बताए ।

एसई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतल

धरानर ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस ...

हिविस्कस वोडिङ स्कुलमा सरसफाई अवार्ड

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले व्यवहारीक ...

विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँड

छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा ...

सहिद स्मृति मा.वि.का विद्यार्थीहरुद्धारा उद्यमशील

छाल खवर धरान,९ जेठः सहिद स्मृति माध्यमिक विद्यालय, धरान–८ को आयोजनामा ...

एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्प

छाल खवरधरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व् ...

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic