क्रान्तिकारी कोशी प्रदेश अध्यक्षमा चन्द्र बहादुर

  • भदौ २८, २०८१
  • २७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भाद्रः अनेरास्ववियू (क्रान्तिकारी)को दोस्रो कोशी प्रदेश अधिवेशनबाट चन्द्रबहादुर माङमु अध्यक्ष पदमा निर्वाचित वनेकाछन् ।

धरानमा तीन दिनसम्म चलेको प्रदेश अधिवेशनले माङमुको अध्यक्षतामा ११ पदाधिकारी सहित ५९ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेश कार्यसमितिमा ५ उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिर काजी कुलुङ, विमल कार्की, प्रतिभा साह, देव बाहिङ रहेका छन् । प्रमुख सचिव नयन राई छन् । ५ जना सचिवहरूमा आदेश थापा, हेमराज राई, लक्ष्मी मण्डल, ऋषि राई, प्रदीप घिमिरे रहेका छन् ।

कोषाध्यक्ष पदमा दाबी विरोध भएपछि कोषाध्यक्ष भने चयन हुन सकेन । कोषाध्यक्ष नवनिर्वाचित कोशी प्रदेश समितिको पहिलो कार्यसमिति बैठकले मनोनीत गर्ने निर्णय भएको छ ।

सदस्यहरूमा चन्द्र प्रसाद श्रेष्ठ, सुनिता राई,बेन्जामिन थापा, आकृति गुरुङ, सुस्मिता लिम्बु, राहुल कटुवाल, मनोज कार्की, मात्रिका ल्वागुन, सज्नु राई, सागर किराँती,सचिता शर्मा, विक्रम लिम्बु, अबिर सि यक्सो, सम्झना भट्टराई, रोशन न्यौपाने, विजय मगर, रहेका छन् ।

यस्तै उमा राई, नवीन पौडेल, एरिका थापा, असिंस सङ्ग्रौला, सागर विष्ट, लक्ष्मण खतिवडा, गौतम मण्डल र सुष्मा भट्टराई कार्यसमिति सदस्य रहेका छन् । थप सदस्यहरू समितिले चयन गर्ने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत राजेन्द्र किराँती संयोजक रहेको समितिमा अधिवक्ता दर्शन राई, राधिका ओझा, रश्मि प्रधान, चेतना श्रेङ र चोत्लुङ रहेका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic