एकीकृत समाजवादीद्धारा पुर्नस्थापना गृहलाई खाद्यान्न सहयोग

  • असोज ३, २०८१
  • २,६५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धरान नगर समितिले संविधान दिवसका अवसरमा खाद्यान्न सहयोग गरेको छ ।

पार्टीले धरान–१ स्थित पुर्नस्थापना गृह धरानलाई खाद्यान्न सहयोग गरेको हो ।

पार्टीले पुर्नस्थापना गृहलाई चामल नुन तेल,चिउरा लगायतका खाद्यान्न वितरण गरीएको पार्टीका पोलीटव्युरो सदस्य तथा सुनसरी क्षेत्र नं. १ का इन्चार्ज जीवन राईले जानकारी दिएकाछन् ।

पार्टीका सदस्यहरुबाट आर्थिक संकलन गरी सहयोग गरीएको राईले वताए ।

असहायहरुलाई आगामी दिनमा सहयोग गर्र्दै जाने राईको भनाई रहेको छ ।

सहयोग हस्तान्तरण पश्चात पार्टीका प्रदेश सदस्य तारा लामगादेले आगामी दिनमा सहयोग गर्दै लगिने वताउदै संविधानले सवैको अधिकार सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

पार्टीका धरान नगर अध्यक्ष रेवतिरमण राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम नगर सचिव खेम दाहालले संचालन गरेका थिए ।

यसैवीच एकीकृत समाजवादीले संविधान दिवसका अवसरमा धरान–५ देउरालीमा दिवप्रज्वलन गरेको छ ।
सधै मुख्य चोकमा केन्द्रीत गरीने भएकोले गाउ गाउमा संविधानको चर्चा पु¥याउने उदेश्यले मुख्य वजारमा भन्दा वाहिर दिप प्रज्वलन गरीएको पार्टी नगर अध्यक्ष रेवति रमण राईले वताए

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic