एकीकृत समाजवादीद्धारा पुर्नस्थापना गृहलाई खाद्यान्न सहयोग

  • असोज ३, २०८१
  • २,७२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धरान नगर समितिले संविधान दिवसका अवसरमा खाद्यान्न सहयोग गरेको छ ।

पार्टीले धरान–१ स्थित पुर्नस्थापना गृह धरानलाई खाद्यान्न सहयोग गरेको हो ।

पार्टीले पुर्नस्थापना गृहलाई चामल नुन तेल,चिउरा लगायतका खाद्यान्न वितरण गरीएको पार्टीका पोलीटव्युरो सदस्य तथा सुनसरी क्षेत्र नं. १ का इन्चार्ज जीवन राईले जानकारी दिएकाछन् ।

पार्टीका सदस्यहरुबाट आर्थिक संकलन गरी सहयोग गरीएको राईले वताए ।

असहायहरुलाई आगामी दिनमा सहयोग गर्र्दै जाने राईको भनाई रहेको छ ।

सहयोग हस्तान्तरण पश्चात पार्टीका प्रदेश सदस्य तारा लामगादेले आगामी दिनमा सहयोग गर्दै लगिने वताउदै संविधानले सवैको अधिकार सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

पार्टीका धरान नगर अध्यक्ष रेवतिरमण राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम नगर सचिव खेम दाहालले संचालन गरेका थिए ।

यसैवीच एकीकृत समाजवादीले संविधान दिवसका अवसरमा धरान–५ देउरालीमा दिवप्रज्वलन गरेको छ ।
सधै मुख्य चोकमा केन्द्रीत गरीने भएकोले गाउ गाउमा संविधानको चर्चा पु¥याउने उदेश्यले मुख्य वजारमा भन्दा वाहिर दिप प्रज्वलन गरीएको पार्टी नगर अध्यक्ष रेवति रमण राईले वताए

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic