धरानमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

  • असोज १०, २०८१
  • ३०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१०असोजः खेलकुदको शहर उपनामले चिनिने धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

धरान ब्याडमिन्टन क्लबको आयोजनामा धरानमा पहिलो पटक सो प्रतियोगिता आयोजना हुन लागेको हो ।

क्लवले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी क्लबको आयोजनामा असोज १७ गते देखि राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगीता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुने क्लवका अध्यक्ष तथा संयोजक टंक बहादुर लिम्बुले जानकारी दिएकाछन् । प्रतियोगिता ३ दिन चल्नेछ ।

सो ‘प्रतियोगितामा नेपालको ७७ वटै जिल्लाका २ सय टिमका ४ सय खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागी हुने आयोजकले जनाएको छ ।

धरानको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लवका सदस्य खगेन्द्र मेन्याङ्वोले बताए ।

खेलकुद ‘प्रतियोगीताहरु आयोजना हुन नसक्दा युवा प्रतिभाहरू पलायन भई समक्ष खेलाडी उत्पादनमा कमी आएको मेन्याङ्वोको भनाई रहेको छ ।

प्रतियोगितामा ब्याडमिन्टन खेलको इतिहासकै उत्कृष्ट पुरस्कार राशि राखिएको दाबी आयोजकले गरेको छ ।

संयोजक लिम्बुका अनुसार खुल्ला पुरुष डबलतर्फका विजेता जोडीलाई १ लाख १५ हजार नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको उपबिजेताले ५५ हजार नगद, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र रहने छ ।

खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स, मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११र११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ ।

टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि ३ हजार रुपैयाँ, मिक्स डबल २५ सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि २ हजार रुपैयाँ निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।

प्रतियोगिता असोज १७ देखी १९ गते सम्म सञ्चालन हुनेछ ।क्लव कानुनी दर्ता भएको महिना मै यो प्रतियोगिता आयोजना गरेको हो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic