धरानमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

  • असोज १०, २०८१
  • २१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१०असोजः खेलकुदको शहर उपनामले चिनिने धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

धरान ब्याडमिन्टन क्लबको आयोजनामा धरानमा पहिलो पटक सो प्रतियोगिता आयोजना हुन लागेको हो ।

क्लवले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी क्लबको आयोजनामा असोज १७ गते देखि राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगीता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुने क्लवका अध्यक्ष तथा संयोजक टंक बहादुर लिम्बुले जानकारी दिएकाछन् । प्रतियोगिता ३ दिन चल्नेछ ।

सो ‘प्रतियोगितामा नेपालको ७७ वटै जिल्लाका २ सय टिमका ४ सय खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागी हुने आयोजकले जनाएको छ ।

धरानको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लवका सदस्य खगेन्द्र मेन्याङ्वोले बताए ।

खेलकुद ‘प्रतियोगीताहरु आयोजना हुन नसक्दा युवा प्रतिभाहरू पलायन भई समक्ष खेलाडी उत्पादनमा कमी आएको मेन्याङ्वोको भनाई रहेको छ ।

प्रतियोगितामा ब्याडमिन्टन खेलको इतिहासकै उत्कृष्ट पुरस्कार राशि राखिएको दाबी आयोजकले गरेको छ ।

संयोजक लिम्बुका अनुसार खुल्ला पुरुष डबलतर्फका विजेता जोडीलाई १ लाख १५ हजार नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको उपबिजेताले ५५ हजार नगद, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र रहने छ ।

खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स, मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११र११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ ।

टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि ३ हजार रुपैयाँ, मिक्स डबल २५ सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि २ हजार रुपैयाँ निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।

प्रतियोगिता असोज १७ देखी १९ गते सम्म सञ्चालन हुनेछ ।क्लव कानुनी दर्ता भएको महिना मै यो प्रतियोगिता आयोजना गरेको हो ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic