नेपाली लेखक सङ्घको आयोजनामा टिकटमा कविता वाचन

  • असोज १५, २०८१
  • ३२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
 
धरान,१५ असोज  : धरानमा नेपाली लेखक सङ्घले कविता वाचनलाई व्यवसायीक अभ्यासको रूपमा अघि बढाउन  टिकटमा कविता वाचन आयोजना गर्ने भएको छ ।
 
‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ अग्रज कवियत्री कुन्ता शर्मा र युवा कवि छविना लुङगेली मगरका कविता वाचन आयोजना गर्न लागिएको मङ्गलवार बिहान संघव्दारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
 
कविता वाचन असोज १९ गते बिहान ८ बजे धरान–१२ स्थित पब्लिक हाई स्कुलको सेमिनार हलमा हुने सङ्घका सुनसरी जिल्ला सचिव विजय घिमिरेले बताए । 
 
सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेले नेपाली लेखक सङ्घ २००८ सालमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ गोविन्द बहादुर मल्ल गोठाले लगायत नेपाल साहित्यका ऐतिहासिक पुरुषहरूले स्थापना गरेको जानकारी दिए ।
 
सुनसरी जिल्ला अध्यक्ष हर्ष सुब्बाले सङ्घ नेपालमा अभिव्यक्ति स्वतन्त्रता, लेखन र प्रकाशन स्वतन्त्रताको पक्षमा स्थापना भएको पहिलो संस्था भएको बताए । लेखक, रचनाकार, साहित्यकारहरूको हक हितको लागि स्थापना भएकोले सङ्घले उनीहरूको व्यवसायीक पक्षमा पनि आवाज उठाउने उनले बताए ।
 
बदलिदों समयमा ऐतिहासिक संस्था र यसको उद्देश्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नेपाली लेखक सङ्घलाई निरन्तरता दिदैं ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नारा अनुसार सङ्घ अघि बढेको उनको भनाई छ । 
 
टिकटमा कविता कार्यक्रमको टिकट दर २०० र १०० रुपैयाँ  राखिएको छ । टिकटबाट सङ्कलित रकमबाट कवि द्वयको सम्मान तथा कविता वाचनको पारिश्रमिक प्रदान गरिने सङ्घले जनाएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic