नेपाली लेखक सङ्घको आयोजनामा टिकटमा कविता वाचन

  • असोज १५, २०८१
  • २४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
 
धरान,१५ असोज  : धरानमा नेपाली लेखक सङ्घले कविता वाचनलाई व्यवसायीक अभ्यासको रूपमा अघि बढाउन  टिकटमा कविता वाचन आयोजना गर्ने भएको छ ।
 
‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ अग्रज कवियत्री कुन्ता शर्मा र युवा कवि छविना लुङगेली मगरका कविता वाचन आयोजना गर्न लागिएको मङ्गलवार बिहान संघव्दारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
 
कविता वाचन असोज १९ गते बिहान ८ बजे धरान–१२ स्थित पब्लिक हाई स्कुलको सेमिनार हलमा हुने सङ्घका सुनसरी जिल्ला सचिव विजय घिमिरेले बताए । 
 
सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेले नेपाली लेखक सङ्घ २००८ सालमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ गोविन्द बहादुर मल्ल गोठाले लगायत नेपाल साहित्यका ऐतिहासिक पुरुषहरूले स्थापना गरेको जानकारी दिए ।
 
सुनसरी जिल्ला अध्यक्ष हर्ष सुब्बाले सङ्घ नेपालमा अभिव्यक्ति स्वतन्त्रता, लेखन र प्रकाशन स्वतन्त्रताको पक्षमा स्थापना भएको पहिलो संस्था भएको बताए । लेखक, रचनाकार, साहित्यकारहरूको हक हितको लागि स्थापना भएकोले सङ्घले उनीहरूको व्यवसायीक पक्षमा पनि आवाज उठाउने उनले बताए ।
 
बदलिदों समयमा ऐतिहासिक संस्था र यसको उद्देश्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नेपाली लेखक सङ्घलाई निरन्तरता दिदैं ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नारा अनुसार सङ्घ अघि बढेको उनको भनाई छ । 
 
टिकटमा कविता कार्यक्रमको टिकट दर २०० र १०० रुपैयाँ  राखिएको छ । टिकटबाट सङ्कलित रकमबाट कवि द्वयको सम्मान तथा कविता वाचनको पारिश्रमिक प्रदान गरिने सङ्घले जनाएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic