धरानमा दुई दिने बियर महोत्सव हुँदै

  • असोज १७, २०८१
  • १,०७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोजः धरानमा पहिलो पटक वियर महोत्सवको आयोजना हुने भएको छ ।

वियरको प्रदशन र प्रवद्धन गर्नको लागि महोत्सवको आयोजना गर्ने लागेको आयोजकले जनाएको छ ।

अल्कोहलको मात्रा रक्सी र वाइनमा भन्दा कम भएकोले बियर ठिक मात्रामा पिउँदा रक्सी, वाइन जस्तो नभएको बुझाउन धरानमा दुई दिने बियर महोत्सव गर्न लागिएको मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङले जानकारी दिए ।

कोशी प्रदेशका बियर पारखीहरूका लागि असोज १८ र १९ गते धरान–१५ स्थित होटेल ईजी राइडरमा आयोजना हुने पहिलो प्रदेश स्तरीय बियर महोत्सव भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वताए ।

उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार महोत्सवमा नेपालमा उत्पादित ७ वटा बियर कम्पनीको स्टल हुने महोत्सवका संयोजक नवीन तामाङले बताए ।

उनका अनुसार भिन्न स्वाद भिन्न कम्पनीहरूका फरक फरक ब्रान्डका अल्कोहलको मात्रा फरक फरक भएका बियरहरू एकै स्थानमा बियर पारखीहरूको लागि प्रदर्शन, अवलोकन र टेष्टिङको व्यवस्था गरिने बताइएको छ ।

महोत्स्वमा सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ, हिमालयन ब्रुअरी कम्पनीहरूबाट उत्पादित बियरहरु स्टलमा राखिने छन् ।

महोत्सवमा लगभग १ लाख सङ्ख्यामा उपभोक्ताहरूले सहभागीता जनाउने बताइएको छ ।

तामाङका अनुसार ‘काठमाडौँपछि धरान दोस्रो बियर पारखीहरू भएको स्थान भएकाले प्रदेश स्तरीय महोत्सव गर्न लागिएको हो ।

नेपालमा उत्पादन तथा विक्री वितरण हुने बियरहरूको प्रदर्शन एवं प्रवर्द्धन हुने र व्यावसायिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरीएको धरान मदिरा व्यवासायी संघका अध्यक्ष लिलकुमार माझीले वताए ।

महोत्सव मदिरा मात्र नभई सेवनले स्वास्थ्यको लागि फायदाजनक पनि रहेको कुरा तथा बियर कुन विधिबाट बन्छ र कति प्रकारका बियरहरू हुन्छ भन्ने बारे जानकारी गराइने उद्देश्यले पनि महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा विभिन्न प्रकारका खानाका स्टलहरू समेत रहने भएको छ ।

हिबिस्कस स्कुल हाजिरीजवाफमा कञ्चनजङ्घा पहिलो

छाल खवर धरान, २२ कार्तिकः हाजिरीजवाफ प्रतियोगितालाई स्कुलको पहिचान वनाउदै आ ...

‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

छाल खवर धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरा ...

देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वा

छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? ...

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic