धरानमा दुई दिने बियर महोत्सव हुँदै

  • असोज १७, २०८१
  • १,१३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोजः धरानमा पहिलो पटक वियर महोत्सवको आयोजना हुने भएको छ ।

वियरको प्रदशन र प्रवद्धन गर्नको लागि महोत्सवको आयोजना गर्ने लागेको आयोजकले जनाएको छ ।

अल्कोहलको मात्रा रक्सी र वाइनमा भन्दा कम भएकोले बियर ठिक मात्रामा पिउँदा रक्सी, वाइन जस्तो नभएको बुझाउन धरानमा दुई दिने बियर महोत्सव गर्न लागिएको मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङले जानकारी दिए ।

कोशी प्रदेशका बियर पारखीहरूका लागि असोज १८ र १९ गते धरान–१५ स्थित होटेल ईजी राइडरमा आयोजना हुने पहिलो प्रदेश स्तरीय बियर महोत्सव भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वताए ।

उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार महोत्सवमा नेपालमा उत्पादित ७ वटा बियर कम्पनीको स्टल हुने महोत्सवका संयोजक नवीन तामाङले बताए ।

उनका अनुसार भिन्न स्वाद भिन्न कम्पनीहरूका फरक फरक ब्रान्डका अल्कोहलको मात्रा फरक फरक भएका बियरहरू एकै स्थानमा बियर पारखीहरूको लागि प्रदर्शन, अवलोकन र टेष्टिङको व्यवस्था गरिने बताइएको छ ।

महोत्स्वमा सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ, हिमालयन ब्रुअरी कम्पनीहरूबाट उत्पादित बियरहरु स्टलमा राखिने छन् ।

महोत्सवमा लगभग १ लाख सङ्ख्यामा उपभोक्ताहरूले सहभागीता जनाउने बताइएको छ ।

तामाङका अनुसार ‘काठमाडौँपछि धरान दोस्रो बियर पारखीहरू भएको स्थान भएकाले प्रदेश स्तरीय महोत्सव गर्न लागिएको हो ।

नेपालमा उत्पादन तथा विक्री वितरण हुने बियरहरूको प्रदर्शन एवं प्रवर्द्धन हुने र व्यावसायिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरीएको धरान मदिरा व्यवासायी संघका अध्यक्ष लिलकुमार माझीले वताए ।

महोत्सव मदिरा मात्र नभई सेवनले स्वास्थ्यको लागि फायदाजनक पनि रहेको कुरा तथा बियर कुन विधिबाट बन्छ र कति प्रकारका बियरहरू हुन्छ भन्ने बारे जानकारी गराइने उद्देश्यले पनि महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा विभिन्न प्रकारका खानाका स्टलहरू समेत रहने भएको छ ।

२९ देशलाई पछि पार्दै पुष्प लिम्वु र सरोज लिम्वु वन

विकास चाम्लिङधरान,२० हङकङः विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट ...

धरान–६ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थाप

छाल खवर धरान,१७ माघः नेकपा एमालेले सुनसरी क्षेत्र नं १ मा चुनाव प्रचार प्रस ...

हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्म ...

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic