धरानमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

  • असोज १८, २०८१
  • ५,७९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८असोजः खेलकुदको उपनामले परिचित धरानमा प्रथम राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा तीन दिनसम्म सञ्चालन हुनेछ ।

धरान ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका थिए ।

पूर्व मुख्यमन्त्री राईले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पर्याप्त रकम छुटाउन नसकेपछि धरान ब्याडमिन्टन क्लबले स्थानीय साधन श्रोत जुटाएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए ।

प्रतियोगितामा नेपालको ७७ जिल्लाका १२४ टिमबाट ५०० जना खेलाडी सहभागी भएको संयोजक टङ्क लिम्बुले बताए ।प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागिता रहेको छ ।

प्रतियोगितामा खुल्ला मेन्स डबल २९ टिम , खल्ला महिला डबल ९ टिम , मिक्स डबल ३० टिम, भेट्रान डबल ४५ प्लसका ३३ टिम , भेट्रान डबल ५५ प्लस २४ टिम बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताहरूले खुल्ला पुरुष डबलका विजेता जोडीलाई १ लाख १५ हजार, उपबिजेताले ५५ हजार, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र पाउने छ ।

खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११र११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहेका छन् । उद्घाटन कार्यक्रमको सभापतित्व अध्यक्ष टङ्क लिम्बुले गरेका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic