झापाको दुधेको एक होटेलबाट नगद सहित १२ जना जुवाडे पक्राउ

  • असोज २९, २०८१
  • ३,६६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ असोजः चाडवाडको मौका छोपी तास जुवा खेल्नेहरु निकै सलवलाउन थालेकाछन् ।

सोहीक्रममा झापाको दुधे स्थित एक होटेलबाट १२ जना जुवाडे नगद सहित पक्राउ परेका परेको घटनाले पनि सो कुराको पुष्टि गरेको छ ।

शिवसताक्षी नगरपालिका ९ दुधेमा रहेको सगरमाथा होटेलबाट होटेल तथा घरधनी विनोद खरेल सहित १२ जना पक्राउ परेका छन् ।

गए राति साढे ८ बजे उनीहरूलाई पक्राउ गरिएको दमक प्रहरीले जनाएको छ ।

जुवा खेलीरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले खानतलासी लिएको थियो । त्यस क्रममा १२ जना जुवाडे पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी–६ बस्ने ५० वर्षीय मिलन भण्डारी, वडा नं. ९ बस्ने ४७ वर्षीय दीपक तामाङ, वडा नं. ६ बस्ने ४२ वर्षीय नवीन तिम्सिना, वडा नं.९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू, सोही वडाका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, वडा नं.११ बस्ने ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा, वडा नं.९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती, सोही ठाउँ बस्ने ३९ वर्षीय विनोद खरेल,घर तथा होटेल साहु, २० वर्षीय सौगात मैनाली र भारत कोलकाताका ४१ वर्षीय परितोस पल रहेको प्रहरीले जनाएको छ ।

घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरूले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुनाखरी एकेडेमीमा ६५ जनाले दिए प्रवेश परीक्षा

छाल खवरधरान,१९ असार –सुनाखरी एकेडेमी धरानले बिहीवार कक्षा–११ मा ...

हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ अनुशासन, गु

धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ स्थित एक ...

हिविस्कसमा एईईमा उर्तीण विद्यार्थीहरुलाई सम्मान

छाल खवरधरान,१७असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले एस.ई.ई पर ...

एसई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतल

धरानर ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस ...

हिविस्कस वोडिङ स्कुलमा सरसफाई अवार्ड

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले व्यवहारीक ...

विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँड

छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic