उपप्रमुख पदलाई अपमानित गरेको ६ दलको आरोप

  • असोज ३०, २०८१
  • ४,९४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३०असोजः धरानका नगरप्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित ढंगले व्यवहार गरेको धरान स्थित ६ राजनीतिक दलहरुले आरोप लगाएकाछन् ।

धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने कार्यलाई धरानका ६ वटा दलले उपप्रमुख पदलाई अपमानित गर्ने ‘अत्यन्तै नीच कार्य’ गरेको भन्दै सो आरोप लगाएका हुन ।

धरानका ६ वटा दलले आज बुधवार विज्ञप्ति जारी गरी ‘ऐनले व्यवस्था गरेको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैर कानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै निज कार्य गरेको हाम्रो ठहर गरेको छ ।

धरानवासीको शिर निहुर्याउने नगर प्रमुखको यस प्रकारको कार्यको घोर भर्त्सना गर्दै वक्तव्यमा नगर प्रमुखको तहबाट यस्ता गैरकाननी र अराजक गतिविधिहरू नगर्न सचेत गराएको छ ।

वक्तव्य नेपाली काँग्रेस बाहेकका ६ दलका अध्यक्षहरू एमालेका हकृजंग एभेङ, माओवादीका सूर्यबहादुर भट्टराई मनोज, जसपाका ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका रेवती रमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षर छ ।

वक्तव्यमा नेपाली काँग्रेस धरान नगर समितिको ध्यानाकर्षण गराउँदै भनिएको छ ‘नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक मूल्य मान्यता मान्ने पार्टीका निर्वाचित वडा अध्यक्षले संविधान र कानुन विपरीत सर्त सहित केवल थपना मात्रको कावाको जिम्मा लिनु आश्चर्यजनक भएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic