बायो इथिक्स दिवस विविध कार्यक्रमका साथ सम्पन्न

  • कार्तिक १४, २०८१
  • २,११२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ कार्तिक ःबिभेद र कलंक बिरुद्ध नारा सहित विगत २ महिना देखि बिबिध कार्यक्रम गरी सन २०२४ अक्टोबर १९ को बायो इथिक्स दिवस सम्पन्न भएको छ ।

मानव जीवन, समाज, चिकित्सा सेवा लगायतका बिभिन्न क्षेत्रमा ब्याप्त भेदभावबारे सचेत भएर यस्ता कुराहरु कसरी हटाउन सकिन्छ भन्ने सन्कल्प सहित यो बर्षको बायो इथिक्स दिवस मनाइएको हो।

बायो इथिक्स नेपाल एकाईद्वारा आयोजित बिबिध कार्यक्रमहरुमा नेपालका बिभिन्न मेडिकल कलेजहरुबाट सहभागिता थियो। अक्टोबर २५ मा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु भएका थिए।

BP NEWS PHOTO = 2 नेपाल एकाई प्रमुख एबम यस कार्यक्रमका संयोजक प्रा.डा.धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यार्थी सन्कायका सदस्यद्वय मानश्वि आचार्य र रजनि न्यौपानेले संचालन गरेका थिए ।

नेपाल एकाई प्रमुख डा.शाक्यले एकाई र यसको सिद्धान्तबारे परिचयात्मक मन्तब्य राख्दै बायो इथिक्सको महत्वपूर्ण सिद्धान्त यस बर्षको नाराले हाम्रो जस्तो बिभेदपुर्ण समाजमा बिशेष अर्थ राख्ने बताउदै राज्य स्तरमै नीतिगत परिबर्तनका लागि आधार हुने धारणा ब्यक्त गरेका थिए ।

नेपाल एकाईका सदस्य डा।अशोक ऐरले बिबिध नीतिगत सिद्धान्त सहित यस बर्षको नाराबारे प्रस्तुति राखे।बिद्यार्थी सन्कायकी अक्षता वस्तिले समेत यस बर्षको नाराबारे प्रस्तुति राखिन। निर्णायक मण्डलका तर्फबाट प्रा.डा.रीता खड्का र बिद्यार्थी संकायका प्रमुख प्रशान्त सापकोटाले पनि मन्तब्य ब्यक्त गरेका थिए ।

यस बर्ष सम्पन्न बैज्ञानिक लेखमा बिपि प्रतिष्ठानकी रीचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी कागज यादब, कवितामा जानकी मेडिकल कलेजकी उजमा हुसेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सचि पोख्रेल र छोटो मुभिमा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समुह राष्ट्रिय छनोटबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाईएको छ।

कार्यक्रम संयोजक एबम प्रतिष्ठानका मानसिक बिभागका प्रमुख प्रा।डा।शाक्यले बायो इथिक्सबारे छलफलका कार्यक्रमहरु नियमित र बिस्तारित रुपमा हुदै जानुपर्नेमा जोड दिए। डा।शाक्यले यस बर्षको नाराले समाज र हाम्रो ब्यबहारमा ब्यापक रुपमा रहेको बिभेदलाई हटाउदै मानव मुल्यको प्रबर्द्धन गर्नका लागि आवश्यक चिन्तन गर्नको लागि घचघच्याएको बिचार ब्यक्त गरेका थिए ।

विश्वभरी नै संजाल रहेको बायो इथिक्स समुहमा नेपाल सन २०१३ मा सम्लग्न भएको थियो।सन २०१६ देखि प्रत्येक बर्ष अक्टोबर १९ मा विश्व बायो इथिक्स दिवस मनाईदै आएको छ।

युनेस्कोको बायो इथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन बिज्ञानका क्षेत्रमा अनुसन्धान र नीतिनियमको अध्यापनका लागि जोड दिदै आएको छ।

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic