नेपाल संवत नेपाल कै संवत

  • कार्तिक १५, २०८१
  • ५४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान१४ कार्तिक ःधरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाल संवत कुनै जाति विशेषको मात्र संवत नभएर नेपाल कै संवतको रुपमा रहेको वताएकाछन् ।

सिद्धीनेवाः परिषद धरानले वुधवार आयोजना गरेको शुभकामना कार्यक्रमका वक्ताहरुले सो कुरा वताएका हुन ।

वक्ताहरुले काठमाडौँका व्यापारिक क्षेत्रमा नयाँ आर्थिक वर्षको कारोबारी खाता नेपाल संवतको मितिमा गर्न थालिएको बताएका थिए ।

नेपाल संवत् ११४५ नेपाली पञ्चाङ्ग अनुसार शनिवार गाई पूजा रगोवर्द्धन पूजाको दिन देखी सुरु हुँदैछ । सिद्धि नेवाः परिषद् अध्यक्ष प्रा.राजविमल श्रेष्ठले नेपाल संवतको मितिमा आर्थिक कारोबार हुन थालेको बताएका हुन ।

श्रेष्ठका अनुसार नेपाल संवत् अनुसार कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने चलन काठमाडौँमा अहिले चलिआएको छ ।

नेपाल सरकारले नेपाल संवत् राष्ट्रको संवत् घोषणा गर्दै नेपालका सम्पूर्ण सरकारी कार्यालयमा कामकाजी संवतको रूपमा नेपाल सम्बत प्रयोग गर्ने मन्त्री परिषद्ले निर्णय गरेको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत् ९३७ इस्वी संवत् ८८० मा काठमान्डुका गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वतको सुरु गराएका थिए । कार्यक्रममा शंखधर शाख्वाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

अध्यक्ष श्रेष्ठले नेपाल संवतलाई नेपाल सरकारले राष्ट्रिय संवतको मान्यता दिए पनि किन प्रचलनमा आउन सकेको छैन भन्ने विषयमा विचार विमर्श गर्न आवश्यक रहेको बताए ।

नेपाल सम्बत नेपालमा ८८८ वर्षसम्म प्रचलनमा रहेको श्रेष्ठको दावी रहेको थियो ।

‘नेपाल सम्वत देशको नामबाट चलेको विश्वकै एक मात्र संवत् हो ।’ नेपालले संयुक्त राष्ट्र संघको सदस्य बन्न नेपाल संवत् र नेपाल भाषाको रञ्जना लिपिलाई राष्ट्र सङ्घमा पेस गरेको समेत श्रेष्ठको भनाई छ ।

प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य विजय राईले नेपाल सम्बत नेवारहरूको मात्र सम्वत नभई सम्पूर्ण नेपालीहरूको सम्बत भएकाले सबैले नयाँ वर्ष हर्षोल्लाससाथ मनाउनु पर्ने धारणा राखेका थिए।

कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत र यशोदा कायस्थले नयाँ वर्षको शुभकामना दिएका थिए ।

नेपाल संवतका प्रवद्धकशंखधर शाख्वालाई नेपाल सरकारले चौथो राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्दै उनको फोटो अङ्कित ५ रुपैयाँ मूल्यको हुलाक टिकट समेत जारी गरेको छ ।

सिद्धीनेवाः परिषद धरानको नेवार समुदायले संचालन गरेको पूर्वाधार सम्पन्न संस्थाको रुपमा रहेको छ । सिद्धीनेवाः परिषदले नेवार समुदायको मौलिक संस्कृतिको जर्गेना गर्नको लागि विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

 

 

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic