कोशी प्रदेश डीआईजी रनिङ कप पुषमा विजेतालाई ८१ हजार ५ रुपैयाँ पुरस्कार

  • मंसिर ९, २०८२
  • १,५६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ मंसिरः १९ वर्षदेखि स्थगित रहेको डिआइजिपि कप यस वर्षदेखि सञ्चालन हुने भएको छ ।

नेपाल प्रहरी विद्यालय धरानले यस वर्षदेखि प्रतियोगितालाई संचालन गर्ने भएको हो ।

प्रतियोगिता आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश अन्तर विद्यालय डिआइजीपि रनिङ फुटबल टुनामेन्ट २०८२ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ सम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिता संयोजक प्रहरी निरिक्षक सुरेश कुमार हायुले राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको डीआईजी कप पुनः सुरु गर्न लागिएको बताउनु भयो । डीआईजी कप २०५८ सालदेखि प्रारम्भ भएर २०६३ सालमा बन्द भएको थियो ।

संयोजक हायुले विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य रहेको वताउनु भयो । मित्रताको लागि निष्पक्ष खेल यसपालीको मुख्य नारा भएको संयोजक हायुको भनाई रहेको छ ।

उहाका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको टिम सहभागी हुनेछन् ।

सुनसरीका ८ टिम र वाहिरका ८ गरी १६ टिमले सहभागीता जनाउने सो प्रतियोगितामा पहिलो आउने टिमले मात्र प्राथमिकता पाउने छ ।

प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहका कक्षा १० सम्म विद्यार्थी र एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

खेल संयोजक सागर कार्कीले प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ तथा उपविजेताले ४१ हजार ५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधामा बेस्ट गोलकिपर, बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा बेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

विजेता खेलाडीहरूलाई पुलिस स्कुलमा कक्षा ११ मा अध्ययन गर्न चाहेमा ५० प्रतिशत छात्रवृत्ति पनि उपलब्ध गराइने सुविधा रहेको आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ रुपैयाँ नगद सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ट्रफी एक वर्षभित्र आयोजकलाई फिर्ता बुझाउनु पर्नेछ । सट्टामा रिपब्लिक ट्रफी प्रदान गरिने आयोजक विद्यालयले जनाएको छ ।

प्रतियोगितामा ७ लाख ५० हजार आन्तरीक बजेटको तयारी रहेको र अपुग विभिन्न दाताहरुसँग सहयोगको लागि अनुरोध गरीएको प्रतियोगिता संयोजक हायुले वताउनु भयो ।

उहाले प्रतियोगितालाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने वताउनु भयो ।

उद्घाटन खेलमा सुनाखरी रातो विजयी

छाल खवर धरान, ७ मंसिर — धरानमा जारी सुनाखरी कपको उद्घाटन खेलमा आ ...

फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

धरान,७ मंसिरः फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक् ...

खस समाजको वार्षिक उत्सवमा सम्मान कार्यक्रम

छाल खवर धरान,६मंसिरः खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्री ...

धरान १० के रन फागुन ९ गते हुने

छाल खवर धरान,३ मंसिरः धरानमा संचालन हुदै आएको नेपाल कै प्रतिष्ठित दौड प्रति ...

विश्व वैज्ञानिकको सूचिमा परेका डा.सञ्जीव शर्माको

धरान,२ मंसिरः विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य ...

‘सुनाखरी एकेडेमी कप फुटबलमा १६ विद्यालय सहभागी

छाल खवर धरान,३० कार्तिकः सुनाखरी एकेडेमी धरान–१२ द्धारा आयोजना गरीन ल ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic