धरानमा  तेस्रो पट्क सामुहिकरुपमा म्हः पूजा गरिने

  • कार्तिक १५, २०८१
  • १,७९८ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर

धरान : नेवार समुदायले पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा यसपालि दोस्रो  पटक धरानमा सामूहिक रूपमा आयोजना गरिने भएको छ ।

मिसा दबुले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल संवत् ११४५ नयाँ वर्ष कछलाथ्व पारु तिथि तदनुसार कार्तिक १७ गते शनिबार सामूहिकरुपमा म्हः पूजा हुने जानकारी दिएको हो ।

नेवाः मिसा दबू, सुनसरी जिल्ला समिति, नेवाः ल्याम्ह दबू जिल्ला समिति र नेवाः मिसा दबू धरान नगर समितिको संयुक्त रूपमा आयोजना सामूहिक म्हः पूजा हुने भएको हो । 

म्ह पुजा संयोजक लक्ष्मी प्रधानले भनिन् ' कोशी प्रदेशमा मिसा दबु सुनसरीले सामुहिकरुपमा म्हः पूजाको सुरुवात गरिएको हो ।’ प्रधानले नेवार समुदायलाई एकत्रित गर्दै सामुहिकरुपमा सबैको भावना उजागर गर्दै सस्कार र सस्कृती एक बनाउन सामुहिकरुपमा म्ह पुजा आयोजना गरिएको बताए ।

सामूहिक म्हः पूजामा ५० जनाको सहभागिता रहने छ । सहभागिता बापत दर्ता शुल्क ५ सय रुपैयाँ राखिएको उनले बताइन् । पूजा धरान-७ सिद्धि नेवाः परिषद्को खुल्ला प्राङ्गणमा हुनेछ ।

नेवाः परम्परामा यो विशेष पर्व धरानमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।

म्हः पूजा परिवारका सदस्यहरू भेला भई आ-आफ्नो मण्डल अगाडि बसेर आफूले आफैलाई पूजा गर्ने प्रचलन हो । यसलाई यसपालि नेवाः समुदाय भित्रका परिवार बिचमा सामूहिक बनाउन आयोजना गरिएको बताइएको छ । पूजामा सहभागीहरू मध्ये ज्येष्ठताको आधारमा क्रमशः मण्डल अगाडि बसेर ससम्मान पूजा गर्ने तयारी गरिएको छ ।

प्रदेशमा नै पहिलो पल्ट सामूहिक म्ह: पूजा कार्यक्रमले नेवाः परम्परा भित्रको विशेष पर्वको बारेमा धरान भित्र छरिएर बसोबास गरिरहेका सम्पूर्ण नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको संयोजक प्रधानले बताइन ।

कार्यक्रमको प्रवर्द्धन धरान उपमहानगरपालिका र नेवाः देय दबू धरानले गरेको । व्यवस्थापकमा नेवाः सांस्कृतिक उत्थान मञ्च,नेवा पत्रकार दबु सुनसरी,नेवार एकता समाजले सयोजनमा गरेको बताइएको छ ।

म्हःपूजाको भनेको के हो ? 

म्हः पूजाको अर्थ शरीरको पूजा हो । विद्वानहरूले म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भनेका छन् । ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ ।

म्ह पूजा किन गरिन्छ ?

मानव जीवनमा सबै भन्दा बहुमूल्य कुरा मानिसको शरीर हो । शरीर स्वास्थ्य, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यता म्हः पूजाको पाईन्छ l

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic