धरानमा  तेस्रो पट्क सामुहिकरुपमा म्हः पूजा गरिने

  • कार्तिक १५, २०८१
  • १,७९७ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर

धरान : नेवार समुदायले पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा यसपालि दोस्रो  पटक धरानमा सामूहिक रूपमा आयोजना गरिने भएको छ ।

मिसा दबुले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल संवत् ११४५ नयाँ वर्ष कछलाथ्व पारु तिथि तदनुसार कार्तिक १७ गते शनिबार सामूहिकरुपमा म्हः पूजा हुने जानकारी दिएको हो ।

नेवाः मिसा दबू, सुनसरी जिल्ला समिति, नेवाः ल्याम्ह दबू जिल्ला समिति र नेवाः मिसा दबू धरान नगर समितिको संयुक्त रूपमा आयोजना सामूहिक म्हः पूजा हुने भएको हो । 

म्ह पुजा संयोजक लक्ष्मी प्रधानले भनिन् ' कोशी प्रदेशमा मिसा दबु सुनसरीले सामुहिकरुपमा म्हः पूजाको सुरुवात गरिएको हो ।’ प्रधानले नेवार समुदायलाई एकत्रित गर्दै सामुहिकरुपमा सबैको भावना उजागर गर्दै सस्कार र सस्कृती एक बनाउन सामुहिकरुपमा म्ह पुजा आयोजना गरिएको बताए ।

सामूहिक म्हः पूजामा ५० जनाको सहभागिता रहने छ । सहभागिता बापत दर्ता शुल्क ५ सय रुपैयाँ राखिएको उनले बताइन् । पूजा धरान-७ सिद्धि नेवाः परिषद्को खुल्ला प्राङ्गणमा हुनेछ ।

नेवाः परम्परामा यो विशेष पर्व धरानमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।

म्हः पूजा परिवारका सदस्यहरू भेला भई आ-आफ्नो मण्डल अगाडि बसेर आफूले आफैलाई पूजा गर्ने प्रचलन हो । यसलाई यसपालि नेवाः समुदाय भित्रका परिवार बिचमा सामूहिक बनाउन आयोजना गरिएको बताइएको छ । पूजामा सहभागीहरू मध्ये ज्येष्ठताको आधारमा क्रमशः मण्डल अगाडि बसेर ससम्मान पूजा गर्ने तयारी गरिएको छ ।

प्रदेशमा नै पहिलो पल्ट सामूहिक म्ह: पूजा कार्यक्रमले नेवाः परम्परा भित्रको विशेष पर्वको बारेमा धरान भित्र छरिएर बसोबास गरिरहेका सम्पूर्ण नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको संयोजक प्रधानले बताइन ।

कार्यक्रमको प्रवर्द्धन धरान उपमहानगरपालिका र नेवाः देय दबू धरानले गरेको । व्यवस्थापकमा नेवाः सांस्कृतिक उत्थान मञ्च,नेवा पत्रकार दबु सुनसरी,नेवार एकता समाजले सयोजनमा गरेको बताइएको छ ।

म्हःपूजाको भनेको के हो ? 

म्हः पूजाको अर्थ शरीरको पूजा हो । विद्वानहरूले म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भनेका छन् । ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ ।

म्ह पूजा किन गरिन्छ ?

मानव जीवनमा सबै भन्दा बहुमूल्य कुरा मानिसको शरीर हो । शरीर स्वास्थ्य, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यता म्हः पूजाको पाईन्छ l

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic