सचेत नागरिक समुह धरान–१७ द्धारा प्रधानमन्त्री दैविक कोषमा २ लाख हस्तान्तरण

  • कार्तिक २१, २०८१
  • २,७४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१कार्तिक ः तपाईले देउसी भैलो खेलेको पैसा के गर्नुहुन्छ भन्दा धेरैको जवाफ आउन सक्छ वनभोज जाने,घुम्न जाने वा वाडेर लाने । तर यो भन्दा विकुल्ल फरक रहेको छ धरान–१७ को सचेत नागरीक समूहको ।

तिहारमा देउसी खेलेर संकलन गरेको २ लाख रुपैया धरान–१७ का सचेत नागरिक समुहले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ ।

समाजका देउसी भैलो कार्यक्रम संयोजक दयाराम थापाले धरान–१७ वडावासीहरुले बाढी पीडितहरुलाई सहयोग गर्न १ दिन देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिए ।

कोषको बैक खातामा रकम जम्मा गरेको भौचर सहित धरान १७ का वडाध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले ईलाका प्रशासन कार्यालय धरानका अधिकृत प्रतिक राईलाई बुधबार समाजले हस्तातरण गरेका थिए ।

अविरल वर्षाका कारण काठमाण्डौं उपत्यका सहित देशका विभिन्न स्थानमा भएको बाढी पहिरो डुबानका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतका लागि धरान–१७ वडावासीको तर्फबाट कोषमा जम्मा गरेको संयोजक थापाले बताए ।

एकद्धार प्रणली मार्फत राहत तथा उद्धार कार्य होस भन्ने उदेश्यले कोषमा रकम जम्मा गरिएको संयोजक थापाको भनाई रहेको छ ।

रकम जम्मा गरेको भौचर ईलाका प्रशासन मार्फत प्रधानमन्त्री उद्धार कोषमा पठाउन हस्तान्तरण गरिएको उनको भनाई छ ।

सचेत धराने भन्ने समूह नगरप्रमुख हर्क साम्पाङको समर्थक समूह भएपनि यो समूह भने कोभिडको समयमा गठन भएको समूह हो ।

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic