एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

  • मंसिर १, २०८१
  • १०,४१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा एकेडेमीलाई वार्षिक रुपमा वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

एन्फा एकेडेमी धरानले शनिवार आयोजना गरेको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

धरान खेलकुदको सहर र धरान फुटबलको उर्बर भूमि भएकोले पनि धरानलाई खेलकुद क्षेत्रको रुपमा पहिचान गर्नको लागि पनि पनि आवस्यक रहेको वताए ।

ANFA NEWS = 2 PHAOTO आजका साना खेलाडीहरु नै भोलीको देशका राष्ट्रिय खेलाडी हुने वताउदै कार्कीले एन्फा एकेडेमीलाई कोशी प्रदेशको एकमात्र योजनाको रुपमा विकास गर्दै लैजानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गरेका थिए ।

मुख्यमन्त्री कार्कीले एन्फा एकेडेमी संचालनको लागि वजेटका लागि प्रस्ताव ल्याउन एन्फा संचालकहरुलाई आग्रह गर्दै दीर्घकालिन योजना वनाएर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्कीले वार्षिक रुपमा ३० लाख सम्म वजेट विनियोजन गर्दै लगिने समेत वताएका थिए ।

एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईले एन्फा एकेडेमी संचालन गर्नको लागि वार्षिक १ करोड १० लाख आवस्यक रहेकोमा सो रकम स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रदेश सरकारलाई एन्फा एकेडेमीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रदेश संसद विजय कुमार राईले आउदो बजेटमा धरानको रंगशालालाई बत्तिमय बनाइदिन आग्रह गरेका थिए ।

राईले धरान खेलकुदको सहर र धरान फुटबलको उर्बर भूमि भएकोले धरानमा राति फुटबल खेल्ने र हेर्नेसम्मको अवस्था सरकारले बनाउनु पर्नेमा जोड दिएका थिए ।

खेलकुदको नाममा छुट्टिएको बजेट सिमित नेता र सांसदको हातमा गएको गुनासो समेत गरेका थिए ।

कार्यmममा अर्का प्रदेश संसद रमेश कुमार वस्नेतले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic