गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्रहरिले बढायो सक्रियता

  • मंसिर ३, २०८१
  • ६,०९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले सक्रियता देखाएको छ।

धनकुटा जिल्ला को महालक्ष्मी नगरपालिका ,शहिदभुमि गाउपालिका र पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा अवैध रूपमा लगाईएको गाजा धनकुटा प्रहरीले नष्ट गरेको हो ।

चालू आर्थिक बर्षको कार्तिक अन्तिम सम्म जिल्ला प्रहरी कार्यालय धनकुटाले ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाजाको बोट नष्ट गरेको हो ।

वेर्ना तथा गाँजा गाजाको वोट समे पुर्ण रूपमा नष्ट गर्ने तथा तयारि अवस्थामा रहेको गाजा नियन्त्रण मा समेत प्रहिले कडाई गरेको जिल्ला प्रहरि कार्यलय धनकुटाले जनाएको छ ।

स्थानको पहिचान गरी धनकुटाका विभिन्न स्थानमा त्यहाँका स्थानीय तहसँग समन्वय गरेर फडानीलाई तिब्रता दिएको हो । हुन त यो अभियान विगत केही बर्ष अगाडिको नै हो ।

प्रहरीले चलाएको अभियानले खासै सार्थकता पाएको भने छैन । तर यस बर्ष भने जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँगै समन्वय गरेर आफ्ना मातहतका प्रहरी परिचालन गरी गाँजा खेति नष्ट गर्न थालेको हो ।

अभियान अन्तर्गत प्रहरीले सहीदभूमि गाउँपालिकाको आँखीसल्लाह, आँखुटार, त्रिवेणी, साँगुरीगढी गाउँपालिकाको मुक्तेन, आहाले, चाँदीबजार, गोलखाँडी लगायतका क्षेत्रमा गरिएका गाँजा खेति नष्ट गर्ने काम गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत प्रहरीले यही आर्थिक बर्षको श्रावण महिनामा मात्रै ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाजाको बोट नष्ट गरेको थियो ।

सो अवधिमा ६५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत श्रावण १३ गते धनकुटामा रहेका विभिन्न ठाउँमा १५ रोपनी जग्गामा लगाइएको २५ हजार ७ सय गाँजाको बोट नष्ट गरेको थियो । नष्ट गर्ने काममा सो बेला १८ जना प्रहरी खटाइएको थियो ।

यसैगरि श्रावण १४ गते ८ रोपनी जग्गमा लगाइएको २६ हजार बोट प्रहरीले नष्ट गरेको थियो । अभियानमा १७ प्रहरी जवान खटाइएको थियो । यसैगरि श्रावण १७ गते २५ रोपनी जग्गमा लगाइको ४० हजार गाँजा नष्ट गरिएको थियो ।

यस बेला १५ पहरी परिचालन गरिएकौ थियो भने श्रावण १८ गते १० रोपनी जग्गामा लगाइएको १७ हजार गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला १५ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी सोही बर्षको असोज महिनामा समेत प्रहरीको अभियान अन्तर्गत उल्लेख्य रुपमा गाजाको बोट नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय धननकुटाका अनुसार असोज महिनामा ३९।५ रोपनी जग्गामा लगाइएको २३ हजार ९ सय ८० वटा गाँजाको बोट नष्ट गरेको थियो ।

नष्ट गर्ने क्रममा ६५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असोज २१ गते १६।५ रोपनीमा लगाएको ९ हजार ९ सय गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला ३३ जना प्रहरी परिचालन गरिएको थियो ।

यस्तै असोज २२ गते २३ रोपनीमा लगाइएको १४ हजार ८० वटा गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला ३० जना प्रहरी परिचालन गरिएको थियो । पहरीले अभियानलाई तिब्रता दिएसँगै कार्तिक महिनामा भने सबैभन्दा बढी गाँजाको बोट नष्ट गर्न सफल भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार कार्तिक महिनामा धनकुटाका विभिन्न स्थानमा १सय २९ रोपनी जग्गामा लगाइएको ९७ हजार ७ सय ५० वटा गाँजाका बोट नष्ट गरिएको थियो । यसमा ८६जना प्रहरी परिचालन गरिएको थियो ।

जस अनुसार कार्तिक ८ गते ३ रोपनी जग्गामा लगाइएको ७ हजार गाँजाको बोट ४ जना प्रहरीबाट गरिएको थियो । यस्तै कार्तिक २१ गते १६ रोपनीमा लगाइएको ४ हजार ५ सय गाँजाको बोट ७ जना प्रहरीद्वारा नष्ट गरिएको थियो ।

त्यसैगरि कार्तिक २२ गते ७ रोपनी जग्गमा लगाइएको १५ हजार बोट, २३ गते २६ रोपनी जग्गामा लगाइएको २४ हजार ४ सय बोट, कार्तिक २५ गते ३२ रोपनीमा लगाइएको १३ हजार १ सय बोट, २६ गते ३० रोपनी जग्गामा लगाइएको १४ हजार ६ सय बोट र २७ गते १ रोपनी जग्गामा लगाइएको १ सय ५० बोट नष्ट गरिएको थियो ।

 

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic