पर्यटन प्रवर्द्धन गर्न नेपाल–मकाउ हवाई यातायात आवस्यक

  • मंसिर ८, २०८१
  • ५,९५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिरः मकाउका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द श्रेष्ठले मकाउ र नेपालवीच पर्यटन प्रवद्धनका लागि सिधा हवाई यातायातको समस्या रहेको वताएकाछन् ।

नेपाल पत्रकार महासंघ सुनसरीले शुक्रवार आयोजना गरेको स्वागत तथा अवधारणा कार्यक्रममा श्रेष्ठले सो कुरा वताएका हुन ।

चीनको स्वायत्त प्रशासनिक क्षेत्र मानिँदै आएको मकाउसँग नेपालको पर्यटन प्रवर्द्धन गर्न सोझो हवाई यातायातको सुविधा भएको खण्डमा नेपालमा त्याहा पर्यटक ल्याउन सकिने वताए ।

नेपाल सरकारले पर्यटन सद्भावनादुत नियुक्ती गरेपछि पहिलो पटक गत फागुनमा पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक मकाउ पुगेर आएका श्रेष्ठले मकाउबाट नेपाल पर्यटक नेपाल भित्राउन सकिने संभावना पयाप्त मात्रामा रहेको वताए ।
श्रेष्ठले पर्यटक आउनमा सिधा हवाई उडान नहुनु मुख्य समस्या भएको श्रेष्ठको भनाई रहेको छ बताए ।

मकाउ पुग्न हङकङ वा गोञ्जाउ ट्रान्जिट भएर दुई ठाउँबाट भिसा लिनुपर्ने भएकोले पनि थप समस्या भएको पनि उनको भनाई रहेको छ ।

नेपालबाट मकाउ करिब ४ घण्टाको उडानबाट पुग्न सकिछ । मकाउ सरकारसँग प्रस्ताव गरिएमा हवाई सुविधा प्राप्त हुनसक्ने र यसबारे नेपाल सरकारको पर्यटन मन्त्रालयलाई जानकारी दिएको उल्लेख गरे ।

सिधा उडानको हवाई मार्गमा चिनिया आकाश पर्ने भएकोले चीन सरकारले त्यसलाई स्वीकृति दिने नदिने बारेमा केही बताएनन् । क्यासिनो पर्यटनका लागि विश्वमा चर्चित मकाउको स्वायत्ततालाई लिएर पछिल्लो समय चीन(मकाउ बिच तनाव बढेको चर्चा चल्ने गरेको छ ।

मकाउ दक्षिणी चीनको ग्वाङडङ प्रान्तको किनारमा स्थित छ । यसले पश्चिममा चिनिया तट र पूर्वमा हङकङको न्यु ‘टेरिटोरी’को सिमानामा गाँसिएको छ । मकाउको जनसङ्ख्या लगभग ७ लाख छ । मकाउ विश्वको सबैभन्दा जनघनत्वयुक्त क्षेत्रमा पर्दछ ।

मकाउ, मकाउद्वीप र कोलोन तटस्थ क्षेत्र दुई मुख्य द्वीपमा अवस्थित छ । मकाउ हजारौँ वर्ष अघि स्थानीय आदिवासीहरूले आबाद गरेको ऐतिहासिक पृष्ठभूमि रहेको पाइन्छ । मकाउ १५५७ मा पोर्चुगिजहरूको उपनिवेश थियो ।

सन् १९९९ मा पोर्चुगलले मकाउलाई चीनको अधिकारमा हस्तान्तरण गरेको हो । त्यस बेला देखी मकाउलाई चीनको विशेष प्रशासनिक क्षेत्र मानिँदै आएको छ ।

अन्तरक्रियामा वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, भिमज्वाला राई, मनिता चाम्लिङले मकाउका धनाढ्यलाई नेपालमा लगानीका सम्भावना गर्न सरकार तहबाट पहल गराउन सुझाव दिए । महासङ्घका सभापति जनकऋषि राई सभापतित्वमा भएको छलफलको सञ्चालन सहसचिव भोला श्रेष्ठले गरेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic