धरानमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

  • पुस १, २०८१
  • २,३१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ पुषः नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले सर्वसम्मत नगरको नेतृत्व चयन गर्न सफल वनेको छ ।

कार्यसमिति सर्वसम्मत चयन गर्न सफल वनेको माओवादी केन्द्रले सोमवार पदाधिकारी पनि सर्वसम्मत चयन गर्न सफल वनेको हो ।

सोमवार भएको पदाधिकारी चयनबाट उद्धव लिम्बुलाई अध्यक्ष पदमा चयन गर्दै माओवादीले नेतृत्व चयन गरेको केन्द्रले जनाएको छ ।

केन्द्रको तेस्रो अधिवेशनले लिम्वुलाई अध्यक्षमा सर्वसम्मत निवार्चित गरेको थियो ।

नव निर्वाचित अध्यक्ष लिम्वुले अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले शुरुमा ६८ सदस्यीय सदस्यहरु चयन गरेको र सोही समितिको पहिलो बैठक बसेर थप ७ जना सदस्य मनोनित गरेर ७५ सदस्यीय बनाएको जानकारी दिए ।

कार्यसमितिमा रहेका ७५ जनाले अध्यक्षसहितका पदाधिकारीहरु सर्वसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष लिम्वुले जानकारी दिए ।

लिम्वूले दिएको जानकारी अनुसार केन्द्रको उपाध्यक्षमा सिपी बजगाई, सुवास खवास र महिला उपाध्यक्षमा शेषकुमारी घिमिरे चयन भएका छन् ।

यस्तै, सचिवमा भुपाल चाम्लिङ (भुपेन्द्र), सहसचिवमा सुमन गहतराज र कोषाध्यक्षमा मिङ्मा भोटे सर्वसम्मत चयन भएका छन् ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic