एकिकृत समाजवादीसँग अब छिट्टै पार्टी एकता हुन्छः वामदेव गौतम

  • पुस १७, २०८१
  • १,६०९ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१७ पुष ः राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएकाछन् ।

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूवीच भएको छलफलमा सो सहमति भएको हो ।

बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो। बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताए ।

उनले भने , ‘म एकीकृत समाजवादीसँग नजिक छु। हाम्रोबीचमा एकताकाबारेमा छलफल भइरहेको छ। आज त्यसैको शिलशिलामा छलफल भएको हो। पार्टी एकता चाँडै हुन्छ।’

एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन्। तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन। आजको बसाईमा सोही विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष ज्वाला, महासचिव घनश्याम भुसाललगायतका नेताहररूको सहभागिता रहेको थियो।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic