छाल खवर
धरान,१७ पुषः गाँजा बोकेको स्कारपियो गाडी सहित दुइ युवालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा शहिदभूमि–६ का १९ वर्षीय सुरज राईलाई रहेकाछन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार जिल्ला प्रहरी मोरङको प्रहरी टोलीले विराटनगर–१८ बाट मङ्गलवार को २ च ९५८२ नम्बरको स्कारपियोमा १५५ केजी गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic