जनमत लिएपछि मात्र दल दर्ताका विषयमा निर्णय लिन्छुः डा.भीम रावल

  • पुस २१, २०८१
  • ७२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१पुषः पार्टीेले साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपछि जनमत संकलनका लागि देश दौडाहामा रहेका डा भिम रावलले जनमत वुझेर मात्र दल दर्ताको निर्णय लिने वताएकाछन् ।

आइतवार धरानमा भेटघाटका क्रममा रावलले सो कुरा वताएका हुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्नका लागि देशभरका जनताको जनमत लिएर मात्र दल दर्ता गर्ने बताए ।

कारबाहीमा परेपछि नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् ।

पार्टी फुट्छन् जुट्छन्, पाटी भन्दा ठूलो देश हो ।शक्ति जनतामा हुने बताउँदै अहिले मातृभूमि जागरण अभियान गर्दे धरानसम्म आएको बताए ।

देशभरी गएर जनमत लिएर मात्र दल दर्ता गर्ने रावलको भनाई रहेको थियो ।

रावलले एमाले पार्टी होइन अब बामाले पार्टी भएको आरोप लगाउँदै नेकपा एमाले अहिले बामाले भएको वताए ।

ओलीले पार्टीमा ‘बा’ शब्दलाई शक्तिशाली बनाएको र सत्ता र शक्तिलाई दुरुपयोग गरेको नेता रावलको आरोप थियो ।

कांग्रेस र एमालेलगायत दलको सत्ता समीकरणलाई खिचडीको संज्ञा दिए । विचार सिद्धान्त विनाका पार्टीसँग सत्ता गठबन्धन गरेर काले काले मिलेर खाउँ भाले काम गरेको आरोप लगाए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic