जनमत लिएपछि मात्र दल दर्ताका विषयमा निर्णय लिन्छुः डा.भीम रावल

  • पुस २१, २०८१
  • ८२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१पुषः पार्टीेले साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपछि जनमत संकलनका लागि देश दौडाहामा रहेका डा भिम रावलले जनमत वुझेर मात्र दल दर्ताको निर्णय लिने वताएकाछन् ।

आइतवार धरानमा भेटघाटका क्रममा रावलले सो कुरा वताएका हुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्नका लागि देशभरका जनताको जनमत लिएर मात्र दल दर्ता गर्ने बताए ।

कारबाहीमा परेपछि नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् ।

पार्टी फुट्छन् जुट्छन्, पाटी भन्दा ठूलो देश हो ।शक्ति जनतामा हुने बताउँदै अहिले मातृभूमि जागरण अभियान गर्दे धरानसम्म आएको बताए ।

देशभरी गएर जनमत लिएर मात्र दल दर्ता गर्ने रावलको भनाई रहेको थियो ।

रावलले एमाले पार्टी होइन अब बामाले पार्टी भएको आरोप लगाउँदै नेकपा एमाले अहिले बामाले भएको वताए ।

ओलीले पार्टीमा ‘बा’ शब्दलाई शक्तिशाली बनाएको र सत्ता र शक्तिलाई दुरुपयोग गरेको नेता रावलको आरोप थियो ।

कांग्रेस र एमालेलगायत दलको सत्ता समीकरणलाई खिचडीको संज्ञा दिए । विचार सिद्धान्त विनाका पार्टीसँग सत्ता गठबन्धन गरेर काले काले मिलेर खाउँ भाले काम गरेको आरोप लगाए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic