प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित

  • पुस २२, २०८१
  • १,३०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ पुषःः सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सम्मानित हुनु भएको छ ।

जिल्लाको शान्ति सुरक्षा मजबुत साथै विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित हुनुभएको हो ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा आयोजित ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटनको अवसरमा प्रजिअ घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्मानित गर्नु भएको थियो ।

घिमिरेले जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन , सरकारी निकायमा आर्थिक पारद्शीता, खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केसम्म सडक पुराउनका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै पालिकाले एक समारोहबीच प्रजिअ घिमिरेलाई सम्मान गरेको थियो ।

घिमिरे यस अघि इलाका प्रशासन कार्यालय धरानमा कार्यरत रहनु भएको थियो ।

सम्मानित हुनेमा सोलुका प्रहरी प्रमुख द्वारिका प्रसाद घिमिरे,दुर्गा बक्स गण सल्लेरी, गोरखनाथ गण तथा अमिदमन गण सहित सुरक्षा निकायका प्रमुख एवं खुम्बु पासाङ ल्हामु गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत र वर्तमान प्रमुख प्रशासकिय अधिकृत, पालिकाका इन्जिनियर तथा प्रवक्ता लाक्पा छिरी लगायतलाई सम्मान गरिएको थियो ।

खुम्बु क्षेत्रमा पहिलो पल्ट सडक पुगेसँगै उद्घाटन कार्याक्रम प्रधानमन्त्री ओली, भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतको उपस्थित रहेको थियो ।

मोटरबाटो उदघाटन सङ्गै सो क्षेत्रबाट अरनिको यातायात प्रा।लिले यात्रु बस सेवा सञ्चालन गर्न थालेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic