प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित

  • पुस २२, २०८१
  • १,२१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ पुषःः सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सम्मानित हुनु भएको छ ।

जिल्लाको शान्ति सुरक्षा मजबुत साथै विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित हुनुभएको हो ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा आयोजित ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटनको अवसरमा प्रजिअ घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्मानित गर्नु भएको थियो ।

घिमिरेले जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन , सरकारी निकायमा आर्थिक पारद्शीता, खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केसम्म सडक पुराउनका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै पालिकाले एक समारोहबीच प्रजिअ घिमिरेलाई सम्मान गरेको थियो ।

घिमिरे यस अघि इलाका प्रशासन कार्यालय धरानमा कार्यरत रहनु भएको थियो ।

सम्मानित हुनेमा सोलुका प्रहरी प्रमुख द्वारिका प्रसाद घिमिरे,दुर्गा बक्स गण सल्लेरी, गोरखनाथ गण तथा अमिदमन गण सहित सुरक्षा निकायका प्रमुख एवं खुम्बु पासाङ ल्हामु गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत र वर्तमान प्रमुख प्रशासकिय अधिकृत, पालिकाका इन्जिनियर तथा प्रवक्ता लाक्पा छिरी लगायतलाई सम्मान गरिएको थियो ।

खुम्बु क्षेत्रमा पहिलो पल्ट सडक पुगेसँगै उद्घाटन कार्याक्रम प्रधानमन्त्री ओली, भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतको उपस्थित रहेको थियो ।

मोटरबाटो उदघाटन सङ्गै सो क्षेत्रबाट अरनिको यातायात प्रा।लिले यात्रु बस सेवा सञ्चालन गर्न थालेको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic