प्रेस चौतारी सुनसरीमा सर्वसम्मत नेतृत्व चयन

  • माघ १९, २०८१
  • २,०४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७माघः प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।

इटहरीमा विहीबार सम्पन्न अधिवेशनले विकास राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरेको थियो ।

press-chautari-=2 नयाँ कार्य समितीको उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरेको छ ।

त्यसैसगरी सचिव,सहसचिवद्धय र कोषाध्यक्षमा क्रमस सुदिप पोख्रेल,सहसचिव,लक्षमण कट्वाल,सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यहरु जीवन विष्ट,सचिन राई, मित्र क्षेत्री,निर्मला पौडेल ,विकी श्रेष्ठ,मौसमी कार्की ,सनम तामाङ,राजन घिमिरे,आदेश गौतम,रूद्रराज शर्मा जमकटेल र रूपक पराजुली छन् ।

अधिवेशनले सात जना केन्द्रीय प्रतिनिध परिषद् र सात जना प्रदेश परिषद् सदस्य पनि सर्वसम्मत चयन गरेको छ ।

केन्द्रीय प्रतिनिधिहरुमा शुभद्रा प्याकुरेल,शशी कोइराला,भोजराज श्रेष्ठ, कृष्ण बहाव,हिमाल दाहाल,प्रेम बास्तोला,केशव भट्टराई चयन भएकाछन् भने प्रदेश प्रतिनिधिहरु भोला श्रेष्ठ, रेवती निरौला,शैलेन्द्र चौधरी,शिशिर भट्टराई,बावुराम खड्का र रूमा रिजाल र यशोदा सेनेलाई सर्वसम्मत गरिएको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरुलाई विगतमा नेतृत्व गरेर महत्वपूर्ण योगदान दिएको भन्दैं पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

press-chautari=3 संस्थापक पूर्व अध्यक्ष राजकुमार कार्की, कृष्णविनोद लम्साल, किशोरकुमार कार्की, गोपाल देवान, भीमज्वाला राई, लिलाराज भट्टराई, देवेन्द्र कार्की लगायतलाई सम्मान–पत्र सहित सम्मान गरिएको थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, संगठनका अध्यक्ष गणेश बस्नेतले सम्मान गरेका हुन ।

पत्रकारिता सम्मान

प्रेस चौतारी सुनसरीले स्थापना गरेको स्व अमर बहादुर कार्की स्मृति पत्रकारिता सम्मानबाट कोशी प्रदेशका अग्रज पत्रकार क्रिम लुइटेललाई सम्मान गरिएको छ । स्व। अमरबहादुर कार्कीका छोराहरुले स्थापन गरेको अमर फाउडेशन नेपालको तर्फबाट सम्मान गरिएको हो ।

यसैगरि निर्माण भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट भोजराज श्रेष्ठ, कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट बसन्त बान्तवा र प्रेस चौतारी उदयमान पत्रकारिता पुरस्कारबाट सृर्जना ठाकुर पुरस्कृत हुनु भएको छ ।

कार्यक्रममा नेकपा एमाले जनसङ्गठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको विशेष आतिथ्यता सम्पन्न भएको हो ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic