सडक दुर्घटना न्युनिकरण कार्ययोजना अन्तिम चरणमा– मन्त्री भण्डारी

  • माघ २७, २०८१
  • ३,०१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ माघः कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सडक दुर्घटना न्युनिकरण तथा सार्वजनिक यातायातलाई सुधारका लागि कोशी प्रदेश सरकारले निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले कामको अन्तिम तयारी गरिरहेको र त्यसमा यातायात मजदुर तथा व्यवसायीहरु साथै सरोकारवालाहरुसंग छलफल गरेर कार्यान्वयन गरिने मन्त्री भण्डारीले बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ कार्यक्रममा आइतबार इटहरीमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सडक दुर्घटना न्युनिकरण सबैको साझा विषय भएको बताउनुहुँदै मजदुर संगठनहरुले अभियान शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

कार्यक्रममा सडक दुर्घटनाको वर्तमान चित्र सहितको सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कोशी प्रदेशभरी सञ्चालन गरिने सडक सुरक्षा सचेतना प्रशिक्षण कार्यक्रमको योजना प्रस्तुत गर्नु भएको थियो ।

अभियानमा दुइवटै संगठनका प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने योजना निर्माण गरिएको छ ।

प्रस्तुत कार्यक्रम अनुसार एक म्हिना दुई प्रशिक्षण गरिने योजनाछ जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरु र महासंघ आवद्ध व्यवसायी संघहरुले प्रत्येक १५ दिनमा प्रशिक्षण गर्ने ।

ट्राफिक प्रहरीले खटाएको प्रशिक्षकबाट चालक, सहचालक, परिचालक र व्यवसायी सम्मिलित प्रत्येक कक्षामा २५ जनालाई प्रशिक्षण प्रदान गरिनेछ ।

त्यस्तै बढीमा एक घण्टाको प्रशिक्षणमा औपचारिक र भाषण नगर्ने सिकाईमा केन्द्रीत गर्ने, प्रशिक्षण श्रव्यदृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरु मार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ ।

कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीको सहकार्य रहेको छ । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयाल, नेपाल प्रहरी कोशी प्रदेश प्रमुख डिआइजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका संयोजक सरोज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा भीमज्वाला राई सहित कोशीमा सडक दुर्घटनाको वर्तमान अवस्थाका बारेमा प्रहरी निरिक्षक शुभेश अधिकारीले विषय प्रस्तुत गर्नुभएको थियो ।

गौरीलाको अध्यक्षमा भएको कार्यक्रममा महेश घिमिरेले सञ्चालन र विष्णु खत्रीले स्वागत गर्नुभएको छ । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् डिआइजी, राजन अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, एनटीयुसीका केन्द्रीय उपाध्याष् ज्योती कोइराला, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राई लगायतले दुइवटै कार्यपत्र र अभियानप्रति सुझाव पेश गर्नुभएको थियो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic