सडक दुर्घटना न्युनिकरण गर्न एक महिनामा दुइ प्रशिक्षण गरिने

  • माघ २८, २०८१
  • ३,७४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८माघः सडक दुर्घटना न्युनिकरण गर्न एक महिनामा दुई प्रशिक्षण अभियान सञ्चालन हुने भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेशभरी रहेका संघ संगठनका कमिटीहरुले प्रत्येक महिना अनिवार्य दुईवटा प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अभियानमा संगठनहरु र सबै व्यवसायी महासंघको प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने योजना प्रस्तुत गर्नु भएको थियो । 

प्रस्तुत कार्ययोजना अनुसार एक म्हिनामा दुई प्रशिक्षण गरिने प्रस्ताव छ जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरु र महासंघ आवद्ध व्यवसायी प्रालिहरुले प्रत्येक १५ दिनमा यातायात मजदुर सहभागी गराएर प्रशिक्षण गर्ने उल्लेख छ ।

प्रशिक्षकका रुपमा ट्राफिक प्रहरीले विज्ञ परिचालन गर्ने र प्रत्येक कक्षामा २५ जनाको संख्यामा चालक, सहचालक, परिचालक र व्यवसायीलाई सहभागी गराईले राईले प्रस्ताव गर्नु भएको छ ।

त्यसरी सञ्चालन हुने प्रशिक्षण बढीमा एक घण्टाको हुने समयलाई सिकाईमा केन्द्रीत गर्ने उल्लेख छ ।

प्रशिक्षण श्रव्यदृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरु मार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ ।

यो अभियान चैत्रसम्म सञ्चालन गर्दा न्युनतम न्युनतम ७ सजार २ सय मजदुरहरुलाई सडक सुरक्षा सचेतना गराउन सकिने भीमज्वाला राईले बताउनुभयो । यस अभियानमा दुई वटै संगठनसंगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी समेत संगसंगै रहने राईले बताउनु भयो ।

कार्यक्रम कोशी प्रदेश आन्दतरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयाल, नेपाल प्रहरी कोशी प्रदेश प्रमुख डिआइजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका संयोजक सरोज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

गौरीलाको अध्यक्षमा भएको कार्यक्रममा महेश घिमिरेले सञ्चालन र विष्णु खत्रीले स्वागत गर्नुभएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic