प्रेस चौतारीको अध्यक्षमा पुरी निर्वाचित सञ्चारका मुद्दाबारे १३ बूँदे घोषणापत्र जारी

  • फागुन २, २०८१
  • ५२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ फागुनः प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले सुमन पुरीको अध्यक्षतामा सर्बसम्मत नयाँ कमिटी चयन गरेको छ ।

विराटनगरमा वुधवार भएको अधिवेशनले पुरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षद्वयमा ज्योति चौहान, र युवराज विवसलाई चयन गरेको छ भने महासविच बाबुराम भण्डारीलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सचिवहरुमा भोला श्रेष्ठ, रविन कट्टेल, गणेश विष्ट, दिनेश सुब्बा, लक्ष्मी उप्रती र मन्जु डाँगीलाई निर्वाचित गरेको छ ।

त्यस्तै कोषाध्यक्षमा विशाल नेम्बाङ निर्वाचित भएका छन्।

CHAUTARI NEWS PHOTO FINAL = 2 अधिवेशनको उदघाटन प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए।

त्यसैगरी कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेकपा एमाले कोशी प्रदेश प्रचार प्रसार सहसंयोजक भीम ज्वाला राई, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा लगायतको उपस्थीति रहेको थियो।

१३ बुँदे विराटनगर घोषणापत्र जारी ः

प्रेस चौतारी नेपाल कोशी प्रदेश समिति दोस्रो अधिवेशन २०८१ ले विराटनगर घोषणापत्र जारी गरेको छ ।

१. मुलुकमा क्रियाशील सम्पूर्ण राजनीतिक शक्ति, तिनका भातृ संघ संगठन एवम् सामाजिक संघ संस्थाहरूलाई संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि प्रतिबद्ध हुन अधिवेशन ध्यानाकर्षण गराउँदछ ।

२. नेपाल सरकारले राष्ट्रपतिबाट प्रमाणित गराई जारी गरेको सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी अध्यादेशलाई चालु संसदमा पेश गरी व्यापक छलफल पछि ऐन बनाउन जोडदार माग गर्दछ।

३.कोशी प्रदेश सरकारले बनाएको प्रदेशको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वागतयोग्य छ । प्रस्तावित विधेयकमाथि व्यापक छलफल गरी यसै अधिवेशनमा पारित गरी चालु आर्थिक वर्षबाटै कार्यान्वयनमा ल्याउन प्रदेश सरकारसमक्ष यो अधिवेशन आग्रह गर्दछ।

४. सञ्चार संस्था, प्रतिष्ठान तथा पेसागत संगठनहरुमा महिला, दलित तथा सीमान्तकृत समूहको अर्थपूर्ण सहभागिताको लागि यो अधिवेशन माग गर्दछ।

५. स्थानीय सरकारबाट प्रकाशनरप्रसारण गरिने विज्ञापनहरू प्रकाशनरप्रसारण गर्ने पहिलो हक सोही स्थानका सञ्चार माध्यमहरूले पाउनुपर्छ । यसको कार्यान्वयनका लागि सम्पूर्ण पालिकाहरूलाई यो अधिवेशन ध्यानाकर्षण गराउँदछ।

६.अनलाइन न्युज पोर्टलहरूलाई पनि संघीय सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापन प्रदान गरेर स्थानीय मिडियाहरूलाई बचाउन यो अधिवेशन जोडदार माग गर्दछ ।

७. समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन सबै सञ्चारकर्मीहरूलाई आग्रह गर्दछ।

८. पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षाका लागि तीनै तहका सरकार र यसका अङ्गहरूको ध्यानाकर्षण गराउँदछौँ।

९. जिम्मेवार पत्रकार, जबाफदेही पत्रकारिताको मर्मलाई अङ्गीकार गर्न यस कोशी प्रदेशका सबै पत्रकारहरूमा ध्यानाकर्षणसहित आग्रह गर्दछौँ ।

१०. पछिल्लो समयमा आम सञ्चार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकारविरुद्ध विद्युतीय अपराध ९साइबर क्राइम०मा मुद्दा चलाउने सम्बन्धित निकायको दुराशायपूर्ण कदमप्रति यो अधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ ।

११. पछिल्लो समय कोशी प्रदेशभित्र देखिएका पहिचान सम्बद्ध आन्दोलनहरूलाई वार्ता र संवादको माध्यमबाट तत्काल समाधान गर्न संघीय तथा प्रदेश सरकारसमक्ष आग्रह गर्दछौँ ।

१२. आउँदो २०८२ साललाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउन गरेको घोषणालाई सफल बनाउन यो अधिवेशन समर्थन गर्दछ।

१३. विराटनगर महानगरको समृद्धिका लागि आवश्यक सहयोग गरिदिन संघीय सरकारसमक्ष यो अधिवेशन माग गर्दछ।

कोरा राईड साइक्लिङ च्यालेन्ज धरानमा

छाल खवर धरान,२८साउनः कोरा राईड साइक्लिङ च्यालेन्ज २०२५ आयोजना धरानमा गर्ने ...

विपी प्रतिष्ठानको उपकुलपतिमा धरानका विक्रम श्रेष्

छाल खवरधरान,२८ साउनः केही महिना अघिदेखि रिक्त भएको विपी कोइराला स्वास्थ्य व ...

हिबिस्कस बोर्डिङमा समाचार लेखन अभिमुखिकरण

छाल खवर धरान,२६साउनः विद्यार्थीहरुलाई समाचारका विषयमा जानकारी दिने उदेश्यले ...

हिविस्कस वोडिङ स्कुलमा लाखेजात्रा

छाल खवर धरान,२४ साउनः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच ...

रोटरी क्लव अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राक

छाल खवर धरान,२३ साउनः रोटरी क्लब अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राकार च ...

जसपा नेपालको अधिवेशन भदौ अन्तिम साता

छाल खवर धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम सा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic