भ्यालेन्टाइन्स् विशेष ः गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनय हेर्न सकिने एक्स्पोमा माया साट्न गायिका रचनाको निम्तो

  • फागुन २, २०८१
  • २,३७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ फागुनः भ्यालेन्टाइन्स् डेको दिन धरानमा प्रस्तुति दिन दुइदिन अघिनै धरान उत्रिएकी गायिका रचना दाहालले बिहिबार नै विजिनेश एक्स्पो भिजिट गरेको लाइभ रिल सेयर गर्दै आज संगै प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् ।

यता भ्यालेन्टाइन्स् डे लाई विशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं ।

रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनयका लागि भनेर दुइदिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ्यास गराइरहेकाछौं । श्रेष्ठले भने अहिलेसम्मका नगरिएको अभ्यास गरेकाछौं यसले एक्स्पोलाई झन हेर्न लायक बनाउनेछ ।

पछिल्लो पुस्ताले रुचाएकी गायिका रचना दाहाल धरानमा जारी विजिनेश एक्स्पोमा मात्रै होइन धरानमै पहिलो पटक प्रस्तुत हुँदैछिन्।

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे का दिन धरानने फ्यानहरुसंग गायिका रचना रमाउनेछिन् ।

दाहालकोे “आज्ञा, भूमरी, दागवत्ति, हे भगवान, सपनाको राजा” जस्ता गीतहरुले युटुवमा धेरै भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् ।

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic