भ्यालेन्टाइन्स् विशेष ः गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनय हेर्न सकिने एक्स्पोमा माया साट्न गायिका रचनाको निम्तो

  • फागुन २, २०८१
  • २,५१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ फागुनः भ्यालेन्टाइन्स् डेको दिन धरानमा प्रस्तुति दिन दुइदिन अघिनै धरान उत्रिएकी गायिका रचना दाहालले बिहिबार नै विजिनेश एक्स्पो भिजिट गरेको लाइभ रिल सेयर गर्दै आज संगै प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् ।

यता भ्यालेन्टाइन्स् डे लाई विशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं ।

रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनयका लागि भनेर दुइदिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ्यास गराइरहेकाछौं । श्रेष्ठले भने अहिलेसम्मका नगरिएको अभ्यास गरेकाछौं यसले एक्स्पोलाई झन हेर्न लायक बनाउनेछ ।

पछिल्लो पुस्ताले रुचाएकी गायिका रचना दाहाल धरानमा जारी विजिनेश एक्स्पोमा मात्रै होइन धरानमै पहिलो पटक प्रस्तुत हुँदैछिन्।

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे का दिन धरानने फ्यानहरुसंग गायिका रचना रमाउनेछिन् ।

दाहालकोे “आज्ञा, भूमरी, दागवत्ति, हे भगवान, सपनाको राजा” जस्ता गीतहरुले युटुवमा धेरै भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् ।

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic