प्रचण्डले दाउपेच सुरु गरेपछि हस्तक्षेप गरेका हौँ– एमाले नेता प्रदिप ज्ञवाली

  • फागुन ४, २०८१
  • ९१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ फागुनः नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले २०८० साल पुस १० गते एमालेले प्रधानमन्त्री बनाएका प्रचण्डले ११ गतदेखि नै दाउपेच गर्न सुरु गरेको बताउनु भएको छ ।

१४ महिना पुरानै गठबन्धनले काम गरेपनि युवाहरुमा निराशा, सुन तस्करीमा वृद्धि र प्रतिगामीहरु खुले व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नु परेको बताउनु भएको छ । 

आइतबार इटहरीमा नेकपा (एमाले) ले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीबाट आएका १ हजार २ सय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै ज्ञवालीले उक्त कुरा वताउनु भएको हो ।

उहाले कुनै शर्तबिना ब्लाङ्क चेकमा हस्ताक्षर गरेर प्रधानमन्त्री बनाएको भएपनि प्रचण्डले कहिले काँग्रेसको काँधमा र कहले एमालेको काँधमा बन्दुक राखेर एकअर्कालाई हान्ने र ५ वर्ष सरकार चलाउने षड्यन्त्र गरेपछि एमालेले देशको रक्षाका लागि राजनीतिक हस्तक्षेप गर्नुपरेको बताउनुभयो । 

२०६४ सालको निर्वाचनका अपवाद बाहेक अन्य सबै निर्वाचनहरुमा एमाले र काँग्रेस पहिलो र दोस्रो हुँदै आइरहेको पार्टी हो । र लोकतन्त्रको निर्माता पार्टी एमाले काँग्रेस हो । एमाले काँग्रेस मिलेरै रणा विरोधी आन्दोलन गरेका हौँ, २०४६ आन्दोलन सफल बनाएका हौँ २०६२÷०६३ को आन्दोलन मार्फत राजालाई फालेर गणतन्त्र ल्याएका हौँ वहाँले भन्नु भयो ।

उहाँले भन्ने भयो प्रचण्ड यतिसम्म दाउपेच गर्छन आफ्नै पार्टीका नेताहरु पासाङ र अमिक शेरचनलाई राष्ट्रपति बनाउने एमाले प्रस्ताव अस्विकार गर्छन । 

ज्ञवालीले थप्नुभयो माओवादीको ३२ सिटे जादुलाई असफल बनाउन र एमाले काँग्रेसबीच प्रतिष्पर्धा मात्रै होइन देशका लागि सहकार्य पनि गर्नसक्ने भएकाले अहिले एमाले काँग्रेस गठबन्धनको सरकार निर्माण गरिएको ज्ञवालीले बताउनु भयो ।

एमाले स्थायी कमिटी सदस्य तथा कोशी इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदिश कुसियत लगायतले अभिमुखिकरण गर्नु भएको छ ।

कार्यक्रममा सुनसरीमा रहेका एमाले प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटीका नेताहरु, पालिका कमिटीका पदाधिकारीहरु सहित १ हजार २ सय सहभागी रहेको एमाले कोशी प्रदेश प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनु भयो ।

एमाले सुनसरी अध्यक्ष पर्शुराम यादवको अध्यक्षमा भएको अभिमुखिकरण कार्यक्रको सञ्चालन पार्टी जिल्ला सचिव राम कोइराला र स्वागत मन्तव्य उपसचिव याम सुब्बाले गर्नु भएको छ ।

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

जसपाको प्रतिबद्धता सार्वजनिकः ‘जाँतो’ चिन्हमा मत

छाल खवर धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त् ...

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic