जोन चाम्लिङ आज एक्स्पोमा

  • फागुन ५, २०८१
  • ५०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५फागुनः युवापुस्ताका ढुकढुकी जोन चाम्लिङले आज विजिनेश एक्स्पोमा आफ्नो ब्याण्ड सहित प्रस्तुति दिन भएको छ । जोन एण्ड दि लोकल्सका ५ जना आज साँझ ७ बजे एक्स्पोको मञ्च उक्लिनेछन् ।

धरानका यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् । धराने यी युवा गायक जोनको धरानमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र जोनलाई सुनेर हेरेर धरानेहरु कहिल्यै नअघाउने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार आफुले धरानमा धेरै सांगीतिक कार्यक्रमहरु गरिरहेको भएपनि हरेक पटक जोनको माग भइरहेको उनले बताए । श्रेष्ठले भने जोनका हरेक गीतहरुले युटुवमा लाखौँ भ्युज पाइरहेको बताए ।

जोनकोे “हावा जस्तै, फर्कन्न होला, निहिता, साधना, मुटुदेखि” जस्ता गीतहरुले युटुवमा मिलियन भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् । 

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । 

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic