तेस्रो गोर्खा ट्रेल ब्लेजर रन चैत २ गते

  • फागुन ११, २०८१
  • ९६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुनः गोर्खा ट्रेल ब्लेजर रनको तेस्रो सँस्करण आगामी चैत २ गते हुने भएको छ ।

प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैनिकहरुको सम्मान र स्मृतिमा सो रन आयोजना हुन लागेको हो ।

आयोजकले आइतवार पत्रकार गरी तेस्रो सँस्करण चैत २ गते आयोजना गर्ने जानकारी दिएको हो ।

ट्रष्टका अध्यक्ष महेन्द्र राईले पुर्खा दिवसको अवसर पारेर दौड र सम्मान कार्यक्रम गर्ने तयारी भएको जानकारी दिएकाछन् ।

धरान १८ स्थित रत्नचोकबाट वडा नं २० गोर्खा स्मृति पार्कसम्म १० किलोमिटर दुरी रहेको छ ।

अध्यक्ष राईले दिएको जानकारी अनुसार दौडमा करिब ६ सय जनाको संख्यामा सहभागिता रहनेछ ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो विजेताले क्रमशः जनही नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रथम हुने महिला र पुरुषलाई आगामी वर्ष सन् २०२६ मा हङकङमा हुने गोर्खा ट्रेल ब्लेजर रनमा सहभागिता जनाउने अवसर पनि दिइने अध्यक्ष राईको भनाई रहेको छ ।

रनमा विश्वयुद्ध लडेकालाई सम्मान

सो अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुंगा (हाल उदयपुर बेल्टार निवासी) १०२ वषीय भूपू ब्रिटिश सैनिक दलबहादुर राईलाई सम्मान गरीने तयारी रहेको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

सोही अवसरमा यस वर्र्ष धरानको ऐतिहासिक चोक रत्न चोक निवासी ज्येष्ठ नागरिकलाई समेत सम्मान गर्ने तयारी रहेको छ ।

आयोजकले बर्षेनी विश्वयुद्ध वा अन्य युद्ध लडेका जीवीत भूपू सैनिकहरुलाई सम्मान गर्दै आइरहेको छ । गत बर्ष पनि भोजपुरको टेम्के मैयुङ गाउँपालिका निवासी १०२ बर्षीय पुर्वब्रिटिश आर्मी इन्द्रबहादुर राईलाई सम्मान गरेको थियो ।

ट्रष्टले अप्रिल ५ लाई पुर्खा दिवस मान्दै आएको छ । सन् २०२३ देखि धरान वडा नं १८ कार्यालयसँग सहकार्य गरि ट्रष्टले गोर्खा ट्रेल ब्लेजर रनको शुरुवात गरेको थियो ।

पुर्खा दिवसको अवसरमा हङकङमा पनि ट्रेल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । हङकङमा यो बर्ष १ मार्चमा दौड हुनेछ ।

विश्व शान्तिको लागि युद्ध लडेका भूपू सैनिकहरुलाई सम्मानपुर्वक हेरिनुपर्छ भन्ने उद्देश्यले ट्रष्टले कार्यक्रम आयोजना गर्दै आएको सदस्य एवं सञ्चारकर्मी विकास चाम्लिङ राईले बताए ।

धावकहरुलाई अवर र प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्दै आएका र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै जाने अध्यक्ष राईले वताए ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic