धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि–मुख्यमन्त्री कार्की

  • फागुन १४, २०८१
  • १,६७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ फागुन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताउनुभएको छ । आज महाशिवरात्रि पर्व २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत भगवान् शिवको महिमा र नेपालको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

“नेपालको पवित्र पाशुपत क्षेत्र तथा अन्य धार्मिक स्थलहरूको उचित संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध छ,” शुभकामना सन्देशमा उल्लेख छ।

उहाँले कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरिसकेको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

महाशिवरात्रि पर्वले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले नेपाली समाजलाई थप मेलमिलाप, सहकार्य र भाइचाराको भावना विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

त्यसैगरी, उहाँले महाशिवरात्रिसँगै मनाइने सैनिक दिवसको अवसरमा पनि शुभकामना व्यक्त गर्दै नेपाली सेना तथा सुरक्षाकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले महाशिवरात्रिको पावन अवसरमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic