महिला र बालबालिका सौन्दर्यकर्मी श्रमिकहरुप्रति सरकार अनुदार युवा नेता ज्वाला

  • चैत ८, २०८१
  • २,९५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ चैतः नेकपा एमालेका कोशी प्रदेश सदस्य मजदुर नेता भीम राई ज्वालाले ब्युटिपार्लर र सौन्दर्यकर्ममा क्रियाशील श्रमिक महिलाहरुप्रति तीन तहकै सरकार अनुदार बनेका कारण ठुलो संख्यामा काम गर्ने सौन्दर्यकर्मी श्रमिक महिलाहरु सामाजिक सुरक्षा योजनाबाट बन्चित हुनुपरेको बताएकाछन्।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १६ औं स्थापना दिवसको अवसरमा धरान नगर कमिटीले बिहिबार धरानमा गरेको अभिमुखिकरण कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष राईले त्यस्तो बताउनु भएको हो ।

जिफन्टको प्रयासमा २०७४ सालमै सामाजिक सुरक्षा ऐन जारी भइ अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकहरुलाई समेट्ने गरि कार्यविधि समेत जारी गरिसकिएको भएपनि सौन्दर्यकर्ममा कार्यरत स्वरोजगार तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा नसमेटिएको राईले बताए ।

राष्ट्रिय श्रमिकहरुको जीवनमा आइपर्ने संकटको समाधान सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि स्थानीय तहमा श्रम डेस्क स्थापना गरि स्थानीय तहमै कानुन निर्माण गर्नुपर्ने हुन्छ तर यस विषयमा स्थानीय सरकार प्रमुख गैर जिम्मेवार र कानुन कार्यान्वयनमा अनुदार बन्दा श्रमिकहरु मारमा परेको कार्यक्रमका प्रमुख अतिथि राईले बताए ।

केही स्थानीय सरकारले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याइसकेको भएपनि अधिकांश स्थानीय सरकारका प्रमुखहरु काम भन्दा स्टन्टमै रमाइरहेकाले ऐन कार्यान्वयन नभएको र मजदुरहरु सामाजिक सुरक्षाको दायराबाट बन्चित हुनु परेको राईले बताए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका केन्द्रीय सदस्य गंगा तामाङले सौन्दर्यकर्मीहरुको पेशागत हक, हित र अधिकारका लागि २०६५ सालमा संगठनको स्थापना भएको बताए । देशभरीका श्रमिक महिला दिदीबहिनीहरुलाई संगठित गर्दै दक्ष र स्वाबलम्बि बनाउन संगठनले खेलिरहेको राईको भनाई रहेको थियो ।

त्यस्तै युनियनका कोशी प्रदेश आर्थिक सचिव अमिता पोखरेलले युनियनको तर्फबाट शिपमुलक तालिमहरुको व्यवस्था गर्दै पेशामा पारंगत बनाउने काम गरिरहेको बताए ।

त्यसैगरी युनियन विराटनगर महानगर अध्यक्ष भली सुब्बाले युनियनको तर्फबाट रचनात्मक कार्यक्रमहरु गरिरहेको बताउनुहुँदै विराटनगरका विपन्न परिवारकी भारतीकुमारी कामतलाई दश कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको बताए ।

युनियन धरान नगर अध्यक्ष नरमाया तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बसन्ति गुरुङ र स्वागत मन्तव्य सुनिता श्रेष्ठले गर्नुभएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic