काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार–मुख्यमन्त्री कार्की

  • चैत १८, २०८१
  • २,४७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ चैतःकोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको हो।

उहाँले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरुलाई आग्रह गर्नुभयो। उहाँले पत्रकार हरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने श्रृङ्खला मात्र भएको बताउनुभयो।

उहाँले अपराधिक मनस्थितिबाट गरिएको आन्दोलन लाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तंककारी स्टाइलमा प्रहरी र पत्रकारमाथि गरिएको आक्रमण सभ्य समाजमा क्षम्य नहुने उहाँले बताउनुभयो।

नेपाल पत्रकार महासंघले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज बिहान ज्ञापनपत्र बुझाएको थियो।

नेपाल पत्रकार महासङ्घ कोशीका केन्द्रीय सदस्य कमल रिमाल कोशीका अध्यक्ष भरत खड्का ,जिल्ला अध्यक्ष सुशिला पाठक लगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्नुभएको थियो।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic