काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार–मुख्यमन्त्री कार्की

  • चैत १८, २०८१
  • २,३५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ चैतःकोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको हो।

उहाँले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरुलाई आग्रह गर्नुभयो। उहाँले पत्रकार हरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने श्रृङ्खला मात्र भएको बताउनुभयो।

उहाँले अपराधिक मनस्थितिबाट गरिएको आन्दोलन लाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तंककारी स्टाइलमा प्रहरी र पत्रकारमाथि गरिएको आक्रमण सभ्य समाजमा क्षम्य नहुने उहाँले बताउनुभयो।

नेपाल पत्रकार महासंघले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज बिहान ज्ञापनपत्र बुझाएको थियो।

नेपाल पत्रकार महासङ्घ कोशीका केन्द्रीय सदस्य कमल रिमाल कोशीका अध्यक्ष भरत खड्का ,जिल्ला अध्यक्ष सुशिला पाठक लगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्नुभएको थियो।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic