सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

  • चैत २५, २०८१
  • २,३०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण सभाले पवन पोद्धारको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।

सोमवार धरान–१० स्थित होटल ड्रिमल्याण्डमा भएको साधारण सभाले सो समिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस सिताराम आचार्य,अमित अग्रहरी र कुमार शाह निर्वाचित भएकाछन् ।

DILAR NFWES PHOTO = 2 त्यसैगरी सदस्यहरुमा शैलेश आचार्य,राजेन्द्र शाह,विजय कुमार शाह,रंजित शाह रहेकाछन् ।

निवर्तमान अध्यक्ष मानिक सुरानाको अध्यक्षतामा भएको सो साधारण सभामा सुनसरी क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य जयकुमार राई प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीधारी सापकोटा, परिसंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण कुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

निर्वाचित समितिलाई प्रमुख अतिथि राई लगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रमुख निर्वाचन अधिकृत नारायण लिम्वु,निर्वाचन अधिकृतहरु हरी बहादुर कार्की र देवेन्द्र काकी रहेका थिए ।

सर्वसम्मत रुपमा समिति चयन भएको प्रमुख निर्वाचन अधिकृत नारायण लिम्वुले जानकारी दिए ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic